काठमाडौं । प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले ४५० सीसीभन्दा कम क्षमताका ३ नयाँ मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ । कम्पनीले हार्ले र ट्राइम्फले भर्खरै ल्याएका नयाँ मोडलसँग प्रतिस्पर्धा गर्न ४४० सीसीको स्क्रयाम मोडल ल्याउने भएको हो ।
साथै, कम्पनीले आफ्नो आक्रमक बजार विस्तारको रणनीति अनुसार हिमालयन ४५० र बुलेट ३५० को नयाँ भर्सन बजारमा ल्याउन लागेको हो । यी तीनवटै मोटरसाइकल चाँडै भारतबाट बिक्री सुरु हुनेछ ।
स्क्र्याम ४४० मा यसअघि रोयल इनफिल्डले प्रयोग गरेको ४५० सीसीको इन्जिन होइन नयाँ इन्जिनको प्रयोग गर्ने छ । कम्पनीले यसमा हिमालयन ४११ र स्क्रयामा ४११ मा भएजस्तै ४४० सीसी लिक्वीड तथा एयर कुल्ड इन्जिनको प्रयोग गर्नेछ ।
नयाँ स्क्रयामको पावर भने हिमालयन ४५० को भन्दा केही कम हुनेछ । यो हिमालयन सब–ब्रान्ड अन्तर्गत आउने भएका कारण अफरोड केन्द्रित मोटरसाइकल भने हुनेछैन ।
आगामी १ वर्ष भित्र कम्पनीले स्क्रयाम ४४० बजारमा ल्याउने अनुमान गरिएको छ भने यसको मूल्य हार्ले एक्स ४४० र ट्राइम्फ ४०० सँग प्रतिस्पर्धी बन्नेछ ।
तर, रोयल इनफिल्डले नयाँ जेनेरेशन बुलेट ३५० भने आगामी चाडपर्वको सिजन अगाडि नै बजारमा ल्याउने छ । कम्पनीले बुलेट ३५० लाई पनि नयाँ जेनेरेशन क्लासिक ३५० को प्लेटफर्ममा नै तयार गरिरहेको छ ।
त्यस्तै बिक्रीको लागि लगभग तयार भएको हिमालयन ४५० का निकै पावरफुल इन्जिन दिइएको छ । यसमा रहेको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिनले ४० बीएच पावर प्रदान गर्छ । ड्यूल च्यानल एबीएस, यूएसडी फर्क, ६ स्पीड गियरबक्स, सम्पूर्ण एलइडी लाइट यसमा रहने छ ।

