मनाङ एयरको हेलिकप्टर दुर्घटनाः ५ जनाको शव भेटियो

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको छ ।

उक्त दुर्घटना स्थलमा प्रहरीको टोली पुगेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हेलिकप्टर दुर्घटनामा परेका पाँच जनाको शव फेला परेको प्रहरीको भनाई छ । शवको पहिचान खुल्नै बाँकी रहेको छ । एक जना हराइरहेका छन् ।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली यात्रु थिए । पाइलट चेतबहादुर गुरूङ थिए ।


Back_to_top