नेपालमा पाइन्छ २० देखि ३५ लाख मूल्यका ४ इलेक्ट्रीक कार

काठमाडौं । नेपालमा विद्युतीय कारको बिक्रीमा आएको बढोत्तरीसँगै बिक्रेताहरुले पनि नयाँ नयाँ मोडल उपलब्ध गराउँदै आएका छन् । अहिले कम मूल्यका सिटी कार विलिङ एयर मिनी, हेनरी मिनी ईभी, टिगोर सेडान कार र सिट्रोन सीथ्री इलेक्ट्रीक क्रसओभर किन्न पाइने भएको छ ।

सिट्रोन सीथ्री इलेक्ट्रीक हिजो मात्रै नेपाल प्रबेश गरेको मोडल हो भने अन्य तीन मोडल अहिले पनि बजारमा बिक्री हुँदै आएको छ । सहरी क्षेत्रमा चलाउने सवारी साधनको आवश्यकता पुरा गर्न यी साना इलेक्ट्रीक कार उपयुक्त मानिन्छन् ।

सानो ब्याट्री कम पावरको मोटर भएको कारण हेनरी र विलिङ मिनी हाइवेको लागि उचित मानिदैन । तर, रेन्जको कारण तपाईको समयमा केही फरक पर्दैन भने टिगोर र सीथ्री हाइवेमा चलाउँदा पनि राम्रो पर्फेन्स पाउन सकिन्छ । सानो ब्याट्री भएको कारण चार्जिङमा भने धेरै समय खर्च हुन्छ ।

विद्युतीय साधनको माग बढेसँगै नेपालमा बिक्री सुरु भएको विलिङ मिनीको सुरुवाती भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ मात्रै छ । चीनमा निकै सफल यो मिनी ईभी इन्डोनेशियामा उत्पादन भएर नेपाल आएको हो । हेनरी मिनी ईभी चीनमा उत्पादन भएको मोडल हो ।

सिट्रोन सीथ्री फेन्च कार निर्माताले भारतमा उत्पादन गरेको कार हो । यसको नेपाली सडकमा कस्तो पफर्मेन्स रहन्छ, त्यो हेर्न भने अझै केही महिना कुर्नु पर्ने हुन्छ । तर, टाटा टिगोर ईभी नेपाली सडकमा नै आफुलाई प्रमाणित गरिसकेको मोडल हो ।

टाटा टिगोर ईभी

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टिगोर ईभी सफल सेडान कार हो । जिपट्रोन इलेक्ट्रीक टेक्नलोजीमा आधारित रहेर निर्माण भएको टिगोर ईभी बिभिन्न ४ भेरियन्टमा उपलब्ध छ ।

बिभिन्न चार भेरियन्ट एक्सई, एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस ड्यूल टोनमा उपलब्ध टिगोर ईभीको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ । टप भेरियन्ट एक्सजेड प्लस ड्यूल टोनको मूल्य ३३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

टिगोर सेडानमा ५५ किलोवाट क्षमताको मोटरको साथमा २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । एआरएआईका अनुसार यसले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज प्रदान गर्छ ।

टाटाले टिगोर ईभीमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल लाइट, चाइल्ड सेफ्टी रियर डुवर लक, सिट बेल्ट रिमाइन्डर, एलइडी टेलल्याम्प, ड्युल एयरब्याग, इबीडीको साथ एबीएस, रियरभ्यू क्यामेरा, रियर पार्किङ सेन्सर लगायतका फिचर उपलब्ध रहेका छन् ।

यस ईभीमा ड्युल टोन कलरमा सजिएको ड्यासबोर्ड, ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यसमा स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ, हिल एसेन्टरडिसेन्ट अशिष्ट, अटोमेटिक टेम्परेचर कन्ट्रोल, हाइट अनुसार मिलाउन सकिने ड्राइभर सिट पनि समावेश रहेका छन् ।

हेनरी

पायोनियर वर्ल्डवाइड प्रालिले नेपाल ल्याएको इलेक्ट्रीक ह्याचव्याक ‘हेनरी’को मूल्य २३ लाख ५० रुपैयाँ कायम गरेर बिक्री गर्दै आएको छ । सहरी क्षेत्रको लागि उपयुक्त यो कारको लम्बाई ३३८० एमएम मात्रै छ ।

कम्पनीको अनुसार एक पटकको फुल चार्जमा १८५ किलोमिटर रेन्ज दिने यो कारमा १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । अधिकतम ३५ किलोवाट क्षमताको मोटर दिइएको यो ईभीमा रियर ह्वील ड्राइभ सिस्टम उपलब्ध छ ।

अत्याधुनिक टेक्नलोजीमा आधारीत विद्युतीय गाडी भएको कारण यसमा धेरै फिचर उपलब्ध रहेका छन् । यसमा म्यानुयल ह्याण्ड ब्रेकको प्रयोग भएको छ भने इलेक्ट्रीक पावर स्टेरिङ, ७ इन्चको डिजिटल क्लष्टर, पीयु लेदर सिट, पावर विन्डो, डाइनामिक गाइड लाइन सहितको रिभर्स क्यामेरा, रिभर्स सेन्सर, १३ इन्चको आल्मुनियम ह्वील जस्ता फिचर दिइएको छ ।

चालक सहित ४ जनाको लागि आरामदायी सिट, म्यानुयल एसी, थ्री प्वइन्ट सिट बेल्ट, एबीएस, इबीडी र हिल होल्ड एसिस्ट जस्ता फिचर छन् । कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटर र मोटर लगायतका ब्याट्री म्यानेजमेन्ट सिस्टममा ३ वर्ष वा ६० हजार किलोमिटर बारेन्टी प्रदान गरेको छ ।

विलिङ एयर मिनी

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको नेपाल मोटर्स प्रालिले बिक्री गर्दै आएको विलिङ एयर मिनी नेपालमा पाइने कम मूल्यको राम्रो मिनी कार हो । यसअघि २४ लाख ९९ हजार मूल्य रहेको विलिङको मूल्य ४ लाख रुपैयाँले घटेर २० लाख ९९ हजार कायम गरिएको हो ।

विलिङ एयर मिनी ईभी दुई ब्याट्री अप्सनमा नेपाली बजारमा बिक्री हुँदै आएको छ । यसको लङ रेन्ज मोडलको मूल्य भने ३० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण विलिङ एयर मिनीले अन्तर्राष्ट्रिय बजारमा राम्रो ब्यापार गरिरहेको मोडल हो । विलिङको सर्ट रेन्ज भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर भने ३० किलोवाट क्षमताको मात्रै छ । यसको स्टायडर्ड भेरियन्टले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी छ ।

दुई ढोका र चार सिट अप्सनमा नेपाल आएको विलिङ एयर मिनी कार एआई फिचर समाबेस भएको कार हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् । कम्पनीले यसको व्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ ।

सिट्रोन सीथ्री

साँग्रिला मोटर्सले नेपाल ल्याएको सिट्रोन सीथी इलेक्ट्रीक आज साँझसम्म काठमाडौं आइपुग्ने कम्पनीले जनाएको छ । यसअघि इन्टरनल कम्बस्चन इन्जिनमा उपलब्ध सीथ्री इलेक्ट्रीकमा आएको हो ।

कम्पनीले सिट्रोन सीथ्री इलेक्ट्रीकको सुरुवाती भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिएको थियो । यसको टप भेरियन्टको मूल्य भने ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सिट्रोनको ई-सीथ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ ।

सिट्रोन ई-सीथ्रीको मोटरले यसलाई ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ । यो ईभीको टप स्पीड क्षमता १०७ किलोमिटर प्रतिघण्टा छ । सिट्रोन ई-सीथ्रीमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।


Back_to_top