बजाजले उत्पादन गरेको सस्तो स्कुटरको डेलिभरी सुरु

काठमाडौं । बजाज अटोले भारतमा उत्पादन गरेको सस्तो इलेक्ट्रीक स्कुटरको डेलिभरी सुरु भएको छ । बजाजले मुम्वाई वेस स्टार्टअप कम्पनी यूलूसँगको सहकार्यमा उत्पादन गरेको यूलू इलेक्ट्रीकको डेलिभरी सुरु भएको हो ।

चेतक टेक्नोलोजी लिमिटेडको उत्पादन तेस्रो जेनेरेशन मिराकल जीआर र डिएक्स जीआरको डेलिभरी सुरु भएको हो ।

कम्पनीले बैंगलोरमा जोमाटो अनलाइन डेलिभरी काम गर्ने ग्राहकहरुलाई स्कुटर हस्तान्तरण गरको हो । यो स्कुटरमा सिंगल सिट दिइएको छ भने डेलिभरीका लागि लगेज क्यारियर दिइएको छ ।

विशेष गरी सहरी क्षेत्रका लागि डिजाइन गरिएको यूलू स्कुटर चलाउन लाइसेन्स आवश्यकता पर्दैन । यसको टप स्पीड मात्र २५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

बजाज र यूलूको सहकार्यमा उत्पादन भएका इलेक्ट्रीक स्कुटरको मूल्य ५५ हजार भारतीय रुपैयाँदेखि सुरुवाती मूल्य रहेको छ ।


Back_to_top