काठमाडौं । अहिलेसम्मको सर्वाधिक सफल ईभी बिक्रेता सिप्रदी ट्रेडिङले ‘मनसुन म्याजिक’ अफर संचालन गरिरहेको छ । कम्पनीले संचालन गरिरहेको स्कीममा गाडी किन्ने ग्राहकले थुप्रै अफर पाउने कम्पनीले जनाएको छ ।
‘हामीले ग्राहकको मागलाई सम्बोधन गर्दै ‘मनसुन म्याजिक स्कीम’ संचालन गरेका छौं । यसअघि गाडी एक्स्चेन्ज गर्छौ भन्ने ग्राहकको चाहना पुरा गर्न एक्सचेन्ज स्कीम ल्याएका हौं’, सिप्रदी ट्रेडिङ स्रोतले मेरोअटोसँग भन्यो ।
टाटाको सफल सब फोर मिटर एसयूभी नेक्सन ईभी किन्न चाहने धेरै ग्राहकले यो स्कीममा चासो देखाएको कारण नै आफुहरुले म्याजिकल स्कीम दिएको कम्पनीको भनाइ छ ।
‘हामी सबै किसिमका ग्राहकको आवश्यकता पुरा गर्न प्रतिबद्ध छौं । त्यसैले ग्राहकमैत्री स्कीम दिएका हौं । यसमा प्राहकले आफ्नो पुरानो गाडी सल्टाएर नयाँ टाटाको विद्युतीय गाडी किन्न सक्नु हुन्छ’, कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले मेरोअटोसँग भने ।
श्रेष्ठका अनुसार विगतदेखि नै ग्राहकको माग रहेको कारण यो स्कीम अहिले देशभर रहेका टाटाका नेटवर्कमा लगाइएको छ । यो स्कीम ग्राहकले जुलाई अन्तिम दिन साउन १५ गतेसम्म पाउने छन् ।
के पाउँछन् मनसुन म्याजिकल अफरमा ?
सिप्रदीको म्याजिकल स्कीममा जुनसुकै ब्राण्डको गाडी ल्याएपनि न्यूनतम मूल्याङ्कन ४ लाख रुपैयाँ दिने कम्पनीले जनाएको छ । तर, एक्सचेन्जमा आउने गाडीको कर भने चुक्ता भएको हुनु पर्नेछ ।
गाडीको मूल्याङ्कनको लागि पनि ३÷४ वटा एक्सचेन्ज हाउसहरुसँग सहकार्य भएको कम्पनीले जनाएको छ । यदि ग्राहकलाई मूल्याङ्कन चित्त बुझेन भने आफैँ बाहिर लगेर मूल्याङ्कन गर्न सक्ने कम्पनीको भनाइ छ ।
विद्युतीय कारको टेष्ट ड्राइभ गर्ने ग्राहकले गिफ्ट पाउने छन् । साथै, मूल्यङ्कनमा आउने गाडीले पनि गिफ्ट पाउने छ । यदि, गाडी बुकिङ भएको खण्डमा २० हजार मूल्यसम्मको एशोसरीज पनि कम्पनीले उपहार स्वरुप दिनेछ ।
यो स्कीममा टाटा नेक्सन ईभी किन्ने ग्राहकलाई एक वर्षको पूर्ण बीमा र एक वर्षको सवारीसाधन कर समेत कम्पनीले तिरिदिने छ ।
फाइनान्स सुविधा चाइने ग्राहकलाई सिप्रदीले कर्जा सम्झौंता गरेका विभिन्न १२ वटा बैंकसँग जोड्न सहयोग गर्ने पनि कम्पनीले जनाएको छ ।


