काठमाडौं । बजाज मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार ९ मोडलका मोटरसाइकलमा मूल्य वृद्धि गरेको हो ।
बजाज मोटरसाइकलको लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले २ हजार रुपयाँदेखि ५ हजार रुपैयाँसम्मले मोटरसाइकलको मूल्य वृद्धि गरेको हो ।
कम्पनीले एभेन्जर १६०, एनएस २०० को एबीएस भर्सन, एन १६० र डिस्कभर १२५ को दुई मोडलमा ५ हजारका दरले मूल्य बढाएको छ ।
त्यस्तै, कम्पनीले पल्सर१५० को दुबै भेरियन्ट, पल्सर-१२५ मा ३ हजार र प्लाटिनामा २ हजार रुपैयाँले मूल्य बढाएको हो ।
यस्तो छ सबै मोडलको नयाँ मूल्य


