‘सेफ्टी, पफर्मेन्स र लग्जरी’को प्रतिक बन्ला ईभी-६ ? यस्तो छ मूल्य

काठमाडौं । कियाको नयाँ विद्युतीय कार ईभी-६ नेपालमा बुकिङ खुल्ला भइसकेको छ । भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२३’मा यसलाई कम्पनीले प्रदर्शनी गर्ने पक्का छ ।

विगत १८ महिनादेखि अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो ‘रिभ्यू’ पाइरहेको ईभी-६ लाई उत्कृष्ट क्रसओभर मोडल मानिएको छ । हुन्डाई मोटर्स ग्रुपले प्रयोगमा ल्याएको ‘इजीएमपी स्केटबोर्ड प्लेटफर्म‘मा बनेको ईभी-६ ले धेरैवटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको मोडल हो ।

आकर्षक एक्टेरियर डिजाइन र मोर्डन क्याविन फिचरले यसको बिक्रीमा ठूलो सहयोग गरेको थियो । अमेरिका र यूरोपमा सफलता पाएको ईभी-६ को क्याविन निकै फराकिलो र ‘फ्ल्याट फ्लोर’ले जो कोहिलाई लोभ्याउँछ ।

कियाले ईभी-६मा फ्यूचरिस्टीक स्टाइलीङ क्यारेक्टरहरु स्लीक लाइन, स्लोपिङ रुफलाइन, ठूलो साइजको ह्वील दिएको छ । साथै, कियाको सिग्नेचर टाइगर नोज डिजाइनको फ्रन्ट फेसिया, स्वीपव्याक हेडल्याम्प, न्यारो ग्रिल र अग्रेसीभ देखिने बम्पर डिजाइनले सडकमा गुड्दा धेरै मानिसको आखाँलाई यो ईभीले तान्छ ।

पछाडि दिइएको स्लोपीङ ह्याच, र्यापअराउण्ड एलइडी टेललाइट तथा प्रोमिनेन्ट डिफ्यूजरले पछाडिको भागलाई निकै स्पोर्टी देखाएको छ ।

ईभी-६ मा एडास फिचर, पावर टेलगेट, इलेक्ट्रीक भेन्टीलेटेड फ्रन्ट सिट, १४ वटा स्पीकर सहितको मेरिडीयन अडियो सिस्टम, कनेक्टेड कर्भ इन्फोटेन्मेन्ट स्कृन जस्ता फिचर छन् ।

स्पोट्स कारको जस्तो टुस्पोक स्टेरिङ ह्वील, फ्लोटीङ सेन्टर कन्सोेलले यसलाई थप लग्जरी र प्रिमियम देखाएको छ ।

कियाले ईभी ६ मा रिसाइकल प्लास्टीक र अन्य बायो बेस्ड कम्पोनियन्टको प्रयोग गरेर कारलाई ईको फ्रेन्ड्ली बनाउने प्रयास गरेको छ ।

कियाले नेपाल ल्याएको को इभी६ को एक्सलाइन भेरियन्टमा १६८.१ किलोवाटको इलेक्ट्रीक मोटर छ । ३५० न्यूटन मिटर पीक टर्क रहेको छ । यसमा ब्याट्री भने ७७.४ किलोवाट आवर क्षमताको पाउन सकिन्छ ।

३५० किलोवाट क्षमताको अल्ट्रा फास्ट चार्जर सपोर्ट गर्ने ईभी-६ मा ‘भेहिकल टु लोड’ फिचरसमेत छ । यसको सहायताले अन्य बिजुलीका उपकरणहरु चलाउन सकिन्छ ।

यो प्रिमियम कारमा रियर ट्राफिक कलुजन अभोइडेन्स असिस्ट, हाइवे ड्राइभिङ असिस्ट, अटो इमर्जेन्सी ब्रेकिङ टेक्नलोजी, ३६० डिग्री क्यामरा, व्लाइण्ड स्पट मनिटर, ८ वटा एयरब्याग जस्ता सुरक्षा फिचर छन् ।

कन्टिनेन्टल ट्रेडिङले बुकिङ लिइरहेको ईभी ६ को मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । अहिले बुकिङ गर्ने ग्राहकलाई कर्पोरेट डिस्काउन्ट भनेर २ लाखसम्मको छुट सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


Back_to_top