मारुती सुजुकीको ‘भिजन ३.०’, वार्षिक ४० लाख उत्पादन गर्ने

काठमाडौं । मारुती सुजुकी इन्डियाले नयाँ योजना ‘भिजन ३.०’ घोषणा गरेको छ । कम्पनीले सन् २०३१ सम्ममा वार्षिक ४० लाख कार उत्पादन गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको हो ।

कम्पनीको योजना अनुसार सन् २०३१ सम्ममा बार्षिक ४० लाख कार मध्ये १५ लाखभन्दा बढि ‘न्यू इनर्जी भेहिकल’ हुने उसको प्रक्षेपण छ । कम्पनीले आफ्नो योजना पुरा गर्न पोर्टफोलीयोमा ६ वटा ईभीसहित २८ वटा गाडीहरु हुने जनाएको छ ।

भारतमा धेरै कम्पनीले ब्याट्री इलेक्ट्रीक भेहिकल लन्च गरिसकेता पनि मारुती सुजुकीले भने अहिलेसम्म कन्सेप्ट मात्र तैयार गरेको छ । कम्पनीको योजना अनुसार सन् २०३१ सम्ममा ६ लाख प्योर ईभी र १० लाख हाइब्रिड गाडी उत्पादन गर्ने लक्ष्य छ ।

मारुती सुजुकीको अहिले वार्षिक उत्पादन क्षमता २२ लाख ५० हजार यूनीट रहेको छ । कम्पनीको लक्ष्य प्राप्त गर्नका लागि आफ्नो क्षमता ७५ प्रतिशतले बढाउनु पर्नेछ ।

कम्पनीले सन् २०३१ सम्ममा वार्षिक ७ लाख ५० हजार यूनिट गाडीहरु निर्यात गर्ने योजना सार्वजनिक गरेको हो । उक्त संख्या अहिले भइरहेको निर्यातको तीन गुणा धेरै हो ।


Back_to_top