रेनोले ‘स्ट्रङ र प्लगइन’ हाइब्रिड कार भारतमा बनाउने

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले भारतमा ईभीसँगै स्ट्रङ र प्लगइन हाइब्रिड कार पनि ल्याउने भएको छ । कम्पनीले आफ्नो भारतको उपस्थिति बलियो बनाउन नयाँ टेक्नोलोजी ल्याउन लागेको हो ।

रेनोले यसअघि बन्द गरेको डिजेल इन्जिनको सट्टामा इफिसीयन्ट र पावरफुल इन्जिनको साथमा स्ट्रङ हाइब्रिड टेक्नलोजी प्रयोग गर्ने भएको छ । रेनोले यो टेक्नोलोजी भारतमै तयार गर्ने जनाएको छ ।

भारतमा अहिले टोयोटा, मारुती सुजुकी र होन्डा जस्ता जापनीज कम्पनीले स्ट्रङ हाइब्रिड टेक्नलोजी भएका गाडीहरु लन्च गरिसकेका छन् । जापनीज कम्पनीले आइसीबाट पूर्णतया ईभी कन्भर्जनको रुपमा हाइब्रिड टेक्नलोजीको प्रयोग बढाउँदै लगेको बताएका छन् ।

अहिले हाइब्रिड टेक्नलोजी महङ्गो छ, तर रेनोले भने स्थानीय स्तरमै यसको विकास गर्ने योजना अगाडि सारेको कारण सस्तो हुने अनुमान गरिएको छ ।

रेनोको स्ट्रङ हाइब्रिड टेक

रेनोको स्ट्रङ हाइब्रिड ईटेक इन्जिन दुई पावर अप्सनमा ल्याउने छ । एउटा इन्जिनले १४५ हर्सपावर र अर्को इन्जिनले १६० हर्सपावर प्रदान गर्नेछ । यी दुबै इन्जिन रेनोले फर्मूला वान प्रोग्राम अन्तर्गत विकास गरेको हो ।

यी इन्जिनहरु रेनोले १६० भन्दा बढी प्याटेन्टबाट प्रोटेक्ट गरेको छ । यी दुबै इन्जिनसँग दुईवटा इलेक्ट्रीक मोटर प्रयोग गर्न सकिने ‘प्यारलल आर्किटेक्चर’मा तयार भएको छ । यसको १४५ हर्स पावर इन्जिनसँग ४९ हर्सपावरको इलेक्ट्रीक मोटर र २४ हर्सपावरको हाइभोल्टेज स्टार्टर जेनेरेटर रहने छ ।

यसमा इलेक्ट्रीक स्टोरेजका लागि १.२ किलोवाट आवरको ब्याट्री प्याक रहन्छ । रेनोको स्ट्रङ हाइब्रिड टेक्नोलोजीको प्रयोगबाट प्रतिलिटर २४ किलोमिटरसम्म माइलेज दिन्छ ।

रेनोको ईटेक फुल हाइब्रिड पावर ट्रेनले विभिन्न १४ तरिकाले इन्जिन इफिसीयन्सी अप्टीमाइज गर्नेछ । गाडी स्टार्टपछि सुरुमा इलेक्ट्रीक मोटरले काम गर्छ । सहरी क्षेत्रमा मात्र चलाउने हो भने ८० प्रतिशत समयमा इलेक्ट्रीक मोटरले कार संचालन गर्नेछ । यसको सहायताले परम्परागत कार भन्दा ४० प्रतिशत पेट्रोल बचाउन सकिन्छ ।

रेनोको अर्को १६० हर्सपावरको इन्जिनसँग प्लगइन हाइब्रिड टेक्नोलोजी रहनेछ । यसको प्रयोग नयाँ डस्टरमा हुने सम्भावना छ । प्लगइन हाइब्रिडमा भने ९.८ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ । यसमा दुईवटा इलेक्ट्रीक मोटर र १.६ लिटर क्षमताको फोर सिलिण्डर इन्जिन रहनेछ ।


Back_to_top