टीभीएस-बीएमडब्ल्यू सहकार्यको १० वर्ष पूरा, बीएमडब्ल्यूको प्लेटफर्ममा टीभीएसको नयाँ मोटरसाइकल आउँदै

काठमाडौं । टीभीएस मोटर्स र बीएमडब्ल्यू मोटोरार्डको सहकार्य १० वर्ष पुगेको छ । १० वर्षको सहकार्यमा १ लाख ४० हजार यूनिट मोटरसाइकल बिक्री गर्न सफल भएको छ ।

सन् २०१३ अप्रिलमा टीभीएस र बीएमडब्लूबीच प्लेटफर्म सेयर गरेर मोटरसाइकल बनाउने सम्झौता भएको थियो । यो १० वर्षको अवधिमा ३१० सीसी प्लेटफर्ममा ४ मोटरसाइकल उत्पादन गरेको छ । जसमा बीएमडब्ल्यू जी ३१० आर, ३१० जीएस, जी ३१० आरआर र टीभीएस अपाचे आरआर ३१० उत्पादन भइरहेका छ । टीभीएसले केही दिनमा नै ३१० आरआरको नेकेड भर्सन सार्र्र्र्र्वजनिक गर्ने तयारी गरि रहेको छ ।

कम्पनीले बीएमडब्ल्यूू र टीभीएसका गरी १ लाख ४० हजार यूनिट मोटरसाइकल यूरोप, अमेरिका, चीन, भारत लगायतका देशहरूमा बिक्री गर्न सफल भएको हो ।

यो सफलतासँगै यी दुई कम्पनीले इलेक्ट्रीक सवारी साधन निर्माणका लागिसमेत सहकार्य गर्ने भएका हुन् । बीएमडब्ल्यूका सवारी साधन टीभएसको प्लान्टमा उत्पादन हुनेछन् ।

टीभीएसले भारतको होसुर प्लान्टमा उत्पादन गरेको जी ३१० आर, ३१० जीएस र जी ३१० आरआर १०० भन्दा धेरै देशमा उपलब्ध हुँदै आएको छ । यी मध्य जी ३१० आर र जी ३१० जीएस नेपालमा समेत बिक्री हुँदै आएको छ ।

अपाचे आरटीआर ३१० आउँदै

बीएमडब्ल्यूूको प्लेटफर्म तयार भएको अपाचे आरआर ३१० को नेकेड भर्सन सार्वजनिक गर्ने तयारीमा टीभीएस मोटर्स रहेको छ । कम्पनीले केही दिनअघि सार्वजनिक गरेको टिजरमा ‘रेस्ट लेस टू प्ले’ लेखिएको छ । एकपछि अर्को नयाँ र अपग्रेड भएका मोडल ल्याइरहेको कम्पनीलाई अपाचे आरआर ३१० को नेकेड भर्सनले प्रिमियम सेग्मेन्टमा बलियो बनाउने अनुमान गरिएको छ ।

यसअघि अपाचे आरआर ३१०को नेकेड भर्सन धेरैपटक परीक्षणमा देखिएको छ । टीभीएस अपाचे आरटीआर ३१० मा अल एलईडी लाइट, गोल्डेन यूएसडी फर्क, स्प्लीट सिट, अपस्वेप्ट एक्जष्ट पाउन हुने अनुमान गरिएको छ ।

अपाचे आरटीआर ३१० मा आरआर ३१० कै ३१२ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ३४ पीएस तथा २७।३ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पीडको गियरबक्सका साथ स्लिपर क्लच, स्पोट्स मोड, अर्बान, रेन र ट्रयाक मोड समावेश हुनेछ ।


Back_to_top