काठमाडौं । बजाजको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले डोमिनार २५० को मूल्य निर्धारण गर्दा अपनाएको विधिलाई सबैले आश्चर्य मानेका छन् । कम्पनीले बीएस-४ भन्दा बीएस-६ प्रदुषण मापदण्डको मोटरसाइकल सस्तो बनाएर सबैलाई चकित बनाएको हो ।
कम्पनीले भदौ १ गतेबाट लागु गरेको नयाँ मूल्यसूची अनुसार डोमिनार २५० को बीएस ४ भर्सनभन्दा बीएस ६ भर्सन १८ हजार रुपैयाँले सस्तो देखिएको हो ।
कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीमा बीएस ६ भर्सन २५० डोमिनारको मूल्य ५ लाख ४९ हजार ९०० निर्धारण गरेको छ । जबकी डोमिनार २५० को बीएस ४ भर्सनको मूल्य ५ लाख ६७ हजार ९०० रुपैयाँ रहेको छ ।
नयाँ मूल्यसूचीका अनुसार बीएस ४ को तुलनामा डोमिनार २५० को बीएस ६ मोडल १८ हजार रुपैयाँले सस्तो देखिएको हो ।
यस्तो छ डोमिनार २५०
यो मोटरसाइकलमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।
यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथै फ्युल ट्याङककम अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प दिइएको छ ।
ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट, सिटको मुनी लगेज ट्रयाप, युएडी फर्क, जस्ता मुख्य फिचर उपलब्ध हुने छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।

