काठमाडौं । टाटा नेक्सन फेसलिफ्टमा कम्पनीले स्टेरिङदेखि स्कृनसम्म नयाँ प्रयोग गरेर ल्याउने भएको छ । केहि दिनअघि यसको बाहिरी तस्बिर सार्वजनिक भएकोमा यसको इन्टेरियरको तस्बिर पनि बाहिर आएसँगै भएका परिवर्तनको खुलासा भएको हो ।
नेक्सन फेसलिफ्टको इन्टेरियर पनि आउदै गरेको कर्भ मोडलको कन्सेप्टसँग मिल्दो जुल्दो देखिएको छ । नयाँ १०.२५ इन्चको टचस्कृन सेटअप, टुस्पोक स्टेरिङ ह्वील र क्लीन ड्यासबोर्ड नयाँ नेक्सनमा पाउन सकिने छ ।
नेक्सन फेसलिफ्टमा फिजीकल कन्ट्रोल बटमहरु पूर्ण रुपमा हटाइएको छ । यसमा दिइएको नयाँ इन्फोटेन्टमेन्ट सिस्टममा यूजर इन्टरफेस र ग्राफिक्सको प्रयोग भएको छ । त्यस्तै, ‘अल न्यू फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर’ यसमा थपिएको छ । स्पोर्टी डिजाइनको टु स्पोक स्टेरिङ ह्वीलले जो केहीलाई लोभ्याउँछ ।
त्यस्तै सेन्टर कन्सोलको डिजाइनमा परि परिवर्तन देखिएको छ । यसमा टाटाको नयाँ प्याटेन्टेड टचवेस एचभीएसी कन्ट्रोल प्यानल दिएको छ । यसमा दुईवटा सुइच छ । जसले तापक्रम मिलाउने र व्लोअर कन्ट्रोलको काम गर्छ ।
ड्यासबोर्ड पहिलाको जस्तै ड्यूलटोन कलरमा पाउन सकिन्छ । साथै, टेक्चर फिनीस तथा ट्रापेजोडियल एसी भेन्टले निरन्तरता पाएको देखिन्छ । सेन्टर कन्सोलमा कर्भआउट भएको नयाँ स्टोरेज एरिया दिएको छ । रोटरी ड्राइभ सेलेक्टर र म्यानुअल ह्यान्ड ब्रेकले भने निरन्तरता पाएको छ ।

