काठमाडौं । कार धेरै नेपालीको पहुँच बाहिरको कुरा भइरहेको छ । यसो हुनुमा कारको मूल्य अत्याधिक धेरै हुनु, सरकारले २५० प्रतिशत माथि कर थोपर्नु र किनेपछि गर्नु पर्ने खर्चको कारण औषत आय भएका मानिसले पनि गाडी चढ्ने आँट गर्न सक्दैनन् ।
नेपालमा ईभीको प्रयोग बढ्न थालेसँगै मानिसले यसमा निकै चासो देखाएका छन् । पेट्रोलियमा पदर्थबाट चल्ने गाडी किन्दा पेट्रोल गर्नु पर्ने ठूलो खर्च, सरकारले लगाएको महंगो वार्षिक कर, प्रदुषणको नाममा लिइने चर्को शुल्क, सर्भिसिङमा गर्नु पर्ने खर्च जस्ता कारण धेरै मानिसले कार किन्ने आँट गरेका थिएनन् ।
ईभीको हकमा संचालन खर्च निकै कम हुनु, सरकारले अत्यन्त न्यून मात्रै कर लगाउनु, वार्षिक कर पनि सस्तो हुनु र सर्भिसिङमा पनि अत्यन्त न्यून खर्च आउने भएको कारण ग्राहकहरु आकर्षित भएका हुन् ।
अहिले नेपालमा एक दर्जन बढी ब्राण्डले इलेक्ट्रीक कार उपलब्ध गराउन थालिसकेका छन् । उनिहरुले बिक्री गर्दै आएको कारको औषत मूल्य नै ५० लाख रुपैयाँ भएको र साना मिनी ईभीको रुपमा उपलब्ध कारहरुमा विश्वास गर्न सकिने अवस्था नरहँदा धेरैले २५–३० लाख मूल्यको राम्रो कार किन्न पाएका थिएनन् ।
कम मूल्यको उत्कृष्ट कार किन्न चाहने ग्राहकलाई ध्यानमा राखेर सिप्रदी ट्रेडिङले टियागो ह्याचव्याकलाई इलेक्ट्रीकमा ल्याउन लागेको हो । १९ दिनपछि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ मा टियागो ईभी सार्वजनिक हुनेछ । यसले मध्यम आय भएका धेरै मानिसको कारको आवश्यकता पुरा गर्ने सहजै अनुमान लगाउन सकिन्छ ।
यस्तो छ टाटा टियागो ईभी
यसअघि बजारमा उपलब्ध टियागोको समान डिजाइनमा जीपट्रोन प्रविधि प्रयोग गरेर टाटाले यसलाई ईभीमा ल्याएको हो । पेट्रोलबाट चल्ने टियागो पनि नेपालमा राम्रो संख्यामा बिक्री हुँदै आएको छ ।
पेट्रोल र ईभीमा फरक छुट्याउन सहज होस् भनेर कम्पनीले ईभीलाई पृथक कलर र अगाडिको ग्रिलको डिजाइन परिवर्तन गरेको छ ।
सिप्रदीले टाटा टियागो २४ किलोवाट आवरको ब्याट्री र ५० किलोवाट आवरको मोटरमा नेपाल ल्याउने अनुमान गरिएको छ । यसको टेक्नीकल डिटेल भने अहिलेसम्म कम्पनीले सार्वजनिक गरेको छैन । भारतमा भने दुई ब्याट्री अप्सन र ५५ किलोवाट क्षमताको मोटरमा उपलब्ध छ ।

टियागोले डिसी चार्जर सपोर्ट गर्ने भएको कारण यसलाई एक दिनमा ४०० किलोमिटर माथिको यात्रामा पनि सहजै प्रयोग गर्न सकिन्छ । यसलाई डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्नका लागि ८ घण्टा लाग्ने कम्पनीको भनाई छ ।
टाटाले यो ह्याचव्याकमा ४५ थरी फिचर रहेको जी–कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर यसमा पाउन सकिन्छ ।
टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।


