जुनसुकै पुराना मोटरसाइकलसँग रोयल इनफिल्ड साट्न पाइने, फाइनान्स सुविधा पनि

काठमाडौं । कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग रोयल इनफिल्डका नयाँ मोटरसाइकल साट्न पाइने भएको छ ।

रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले एक्सचेन्ज अफर ल्याउँदै यस्तो व्यवस्था गरेको हो ।

यस अफर अन्तर्गत ग्राहकले आफूसँग भएको कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग रोयल इनफिल्डको नयाँ क्लासिक ३५० र स्क्रयाम ४११ मोटरसाइकल साट्न सक्नेछन् ।

साथै, यो एक्सचेन्ज मेलामा मोटरसाइकल किन्न चाहने ग्राहकलाई स्पट फाइनान्स सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

यो एक्सचेन्ज मेला  भदौ १० गतेदेखि १५ गतेसम्म रोयल इनफिल्डको नेपालभरका आधिकारिक डिलर पोइन्टहरुमा आयोजना हुने कम्पनीले जनाएको छ ।


Back_to_top