काठमाडौं । टाटाको सर्वाधिक सफल मोडल नेक्सन एसयूभीमा ड्यूल क्लच गियरबक्स रहने छ । कम्पनीले यसमा नयाँ ७ स्पीड ड्यूल क्लच अटोमेटीक गियरबक्स र ५ स्पीड म्यानुअल गियरबक्स दिन लागेको हो ।
टाटाले आफ्नो गेमचेन्जर मोडलको फेसलिफ्ट भर्सनमा भएका फिचरहरु क्रमिकरुपमा बाहिर ल्याइरहेको छ । केही दिनअघि कम्पनीले यसको इन्टेरियर र एक्सटेरियर सार्वजनिक गरेको थियो ।
टाटाले नयाँ नेक्सनमा पहिलाको जस्तै १.२ लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन दिनेछ । त्यसमो साथमा अहिले उपलब्ध ६ स्पीड म्यानुअल र ६ स्पीड एएमटी गियरबक्स अप्सन पनि निरन्तर रहने छ । अब नेक्सन ४ फरक गियरबक्समा उपलब्ध हुनेछ ।
कम्पनीले आफ्नो १.२ लिटर टर्बो पेट्रोल इन्जिनलाई ५ स्पीड म्यानुअल, ६ स्पीड म्यनुअल, ६ स्पीड एएमटी र ७ स्पीड ड्यूल क्लच अटोमेटीक गियरबक्समा ल्याउने छ ।
यस अघिनै टाटा नेक्सनका प्रतिस्पर्धी मोडलहरु ब्रेजा, भेन्यू, सोनेट, काइगर तथा म्याग्नाइटले टर्क कन्भर्टर, सीभीटी वा ड्यूल क्लच गियरबक्स अफर गरिसकेका छन् ।
डिजेल भेरियन्टमा भने ६ स्पीड म्यानुअल र एएमटी गियरबक्स मात्रै उपलब्ध हुनेछ । टाटाले इन्जिनलाई पनि थप परिस्कृत गरी पावर बढाएको अनुमान गरिएको छ ।

