टीभीएस ‘३१० स्ट्रीट’को भारतमा बुकिङ खुल्ला

काठमाडौं । टीभीएसले ल्याउन लागेको नयाँ मोटरसाइकलको भारतमा बुकिङ खुल्ला भएको छ । कम्पनीले अपाचे सिरिजमा ‘३१० स्ट्रीट’को नामबाट बुकिङ ओपन गरेको हो ।

सुरुवाती समयमा यस मोटरसाइकल आरआर ३१० को नेकेट भर्सनको रुपमा आउने खबर मिडियाहरुमा आएता पनि कम्पनीले भने यसलाई ३१० स्ट्रीटको नामबाट बुकिङ लिन सुरु गरेको हो ।

टीभीएस ३१० स्ट्रीटमा ३१२ सीसी क्षमता भएको लिक्विड कुल्ड सिंगल सिलिन्डर फोर भल्ब इन्जिन रहेको छ । यो इन्जिनले ३४ बे्रकहर्स पावर र २७.३ एनएम टर्क जेनेरेट गर्छ । अर्बान र रेनमोडमा राखेर चलाउँदा भने २५.८ ब्रेकहस पावर र २५ एनएम टर्क मात्रै उत्पादन गर्छ ।

यसमा ६ स्पीडको गियरबक्सका साथै स्लीपर क्लच, स्पोर्टस् मोड, अर्वान, रेन र ट्रयाक मोडसमेत दिइएको छ ।

नयाँ ३१० स्ट्रीटमा अल एलइडी लाइट, गोल्डेन यूएसडी फर्क, स्प्लीट सिट, अपस्वेप्ट एक्जष्ट दिएको छ । साथै, कस्टोमाइज गर्ने अप्सन ‘टीभीएस ब्युल्ट टू अर्डर प्लेटफर्म’मा आउने छ ।

त्यसैगरी, स्क्वायर सेपको टीएफटी डिस्प्ले, स्मार्ट कनेक्टीभीटी, नेभिगेसन एसिस्ट, राइड एनालाइटीक, राइड प्लानिङ र कल एसएमएस जस्ता सुबिधासमेत पाउन सकिन्छ ।

टीभीएसले यो मोडल बास्तविक नाम र अन्य जानकारी भने कम्पनीले सार्बजनिककै समयमा खुलासा गर्ने अनुमान गरिएको छ ।


Back_to_top