काठमाडौं । काइरोस इन्टरनेशनलले नेपाल ल्याएको अउडी इट्रोन क्यूफोर मोडल मिडियाको बीचमा सार्वजनिक भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गरेर यो अउडी क्यूफोर देखाइएको हो ।
हङकङबाट नेपाल ल्याइएको अउडी क्यूफोर २ भेरियन्टमा उपलब्ध छ । स्ट्याण्डर्ड र स्पोर्टस् ब्याक भेरियन्टमा उपलब्ध गराएको छ ।
कम्पनीले आजबाट बुकिङ लिने जनाएको स्पोर्टस् ब्याक भेरियन्टको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकिएको छ भने स्टायण्डर्ड भेरियन्टको मूल्य १ करोड ४० लाख रुपैयाँ कायम गरेको छ ।










