नेपाल आयो अउडी ‘क्यूफोर’ इलेक्ट्रीक एसयूभी, आजैबाट बिक्री सुरु हुँदै

काठमाडौं । अउडीका विद्युतीय कार नेपालमा आजबाट बिक्री सुरु हुने भएको छ । यसअघि केही यूनिट अउडीका इलेक्ट्रीक कार नेपाल आएपनि आधिकारीक बिक्रेता नहुँदापछि बन्द भएको थियो । अबभने आधिकारीक बिक्रेतासहित अउडी नेपाल आउन लागेको हो ।

अहिले टेस्लाका कार ल्याएर बिक्री गर्दै आएको समूहले नै कारोस इन्टरनेशल नामक कम्पनीबाट अउडीका कार नेपाल ल्याएको हो । कम्पनीले आज अउडी क्यूफोर मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ ।

विद्युतीय कारमा एकपछि अर्को प्रिमियम ब्राण्ड प्रबेश गरिरहेको समयमा अउडीको आयात सुरु भएको छ । केही समयअघि मात्रै बीएमडब्लूको विद्युतीय कार सार्वजनिक भएको थियो ।

यस्तो छ अउडी क्यूफोर

अउडी क्यूफोर इट्रोन एक इलेक्ट्रीक कम्याक्ट एसयूभी हो । अउडी फक्सवागेन ग्रुप अन्तर्गतको लग्जरी जर्मनी अटोमोवाइल ब्राण्ड हो । यसको अगाडिको फेसिया फ्रेस मोर्डन डिजाइनमा बनेको छ ।

एलइडी हेडलाइट र क्लोज ग्रिलको बीचमा दिइएको अउडीको चारवटा रिङ लोगोले यसलाई टाढैबाट छुट्याउन सकिने बनाएको छ ।

क्यूफोर इट्रोनमा १९ इन्चको डिउल टोन अलोय ह्वील रहेको छ भने स्लोपिङ रुफ लाइनले यो एसयूभीलाई क्रसओभरको झल्को दिन्छ । पछाडि दिइएको एलइडी कनेक्टेड लाइटबारले क्यूफोरलाई ‘कन्टेम्प्रोअरी’ लुक्स दिएको छ ।

यसको क्यावीन क्लिन मिनीमलीस्टीक डिजाइनमा तयार भएको छ । सफ्ट टच मेटिरीयल प्रयोग भएको क्याविन पुरै व्ल्याक थिममा सजिएको छ । यसको सेन्टरमा १०.१ इन्चको इन्फोटेन्मेन्ट स्कृन छ भने अर्को १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर छ ।

अटोमेटिक थ्री जोन क्लाइमेट कन्ट्रोल, मोवाइल चार्जिङ प्याड, फ्ल्याट टप र बटम भएको स्पोर्टी स्टेरिङ ह्वील, रियरमा डेडिकेटेड क्लाइमेट कन्ट्रोल, प्यानारोमिक सनरुफ जस्ता फिचरले यसको क्याविनलाई फिचर लोडेड बनाएको छ ।

अउडी क्यूफोर इट्रोनमा ५५ किलोवाट आवरको ब्याट्री प्याक छ, यसलाई सिंगल चार्जमा ३५० किलोमिटर गुडाउन सकिन्छ । यो ब्याट्रीलाई फास्ट चार्जरको मद्दतले ३० मिनेटमै १० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।

रियर ह्वीलमा १२५ किलोवाटको मोटर रहेको क्यूफोर एसयूभीको टपस्पीड क्षमता १६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसलाई ९ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा गुडाउन सकिन्छ ।

क्यूफोर एसयूभीको लम्बाई ४५८८ एमएम, चौडाई १८६५ एमएम, उचाई १६३२ एमएम छ । यसमा २७६४ एमएम लामो ह्वीलवेस छ । यो एसयूभीको स्ट्याडर्ड ग्राउण्ड क्लियरेन्स १८० एमएम छ ।

यसको मूल्य १ करोड ४० लाखदेखि १ करोड ५० लाख भित्र रहने अनुमान गरिएको छ ।


Back_to_top