काठमाडौं । टीभीएसले मनसुन एक्सचेन्ज अफर ल्याएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले दुईपांग्रे सवारी किन्न चाहने ग्राहकलाई लक्षित गर्दै मनसुन अफर ल्याएको हो ।
मनसुन एक्सचेन्ज स्कीम अन्तर्गत ग्राहकले कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् ।
एक्सचेन्जमा मोटरसाइकल खरिद गर्दा १० हजार थप मूल्याङ्कन दिने कम्पनीले जनाएको छ । त्यस्तै नगदमा मोटरसाइकल किन्ने ग्राहकले ८ हजार नगद छुट पाउनेछन् ।
त्यस्तै, फाइनान्समा मोटरसाइकल किन्ने ग्राहकले ब्याज नलाग्ने तथा २५ प्रतिशत डाउन पेमेन्ट गर्ने स्कीम छनोट गर्न सक्नेछन् ।
यो स्कीममा हेलमेट निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर टीभीएसको आधिकारिक शोरुममा भदौ २८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

