भन्सारमा देखियो हुन्डाई एक्सटर

काठमाडौं । हुन्डाई एक्सटर भन्सारमा देखिएको छ । नाडा अटो शोमा प्रदर्शनी गर्ने तयारी अनुसार हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक्सटर नेपाल ल्याएको हो ।

हुन्डाईले भारतमा उत्पादन गरेको माइक्रो एसयूभी एक्सटर भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ मा प्रदर्शनी हुनेछ ।

कम्पनीले एक्सटरलाई ‘थिङ्क आउटसाइट, थिङ्क एक्सटर’ स्लोगनसहित नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । बढ्दो एसयूभी क्रेजलाई सम्बोधन गर्न उत्पादन गरेको एक्सटर नेपाली सडक सुहाउदो रहेको छ । स्पोर्टी ब्ल्याक रुफरेल र डायनामिक ब्ल्याक रियर स्पोइलरले माइक्रो एसयूभीलाई उत्कृष्ट लुक्स प्रदान गरेको छ ।

हुन्डाई एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।

एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली डोडेड एसयूभी बनाएको छ ।

निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइट दिइएको छ । १८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ ।


Back_to_top