३ करोड २५ लाखको एसयूभी, दुई यूनिक फिचर उपलब्ध

काठमाडौं । फक्सवागेनको चर्चित एसयूभी टोरेग नेपालमा पुनः बिक्री सुरु भएको छ । फक्सवागेनको आधिकारीक बिक्रेता पूजा इन्टरनेसनल नेपालले आफ्नो फ्ल्यागसिप एसयूभी टोरेगको बिक्री सुरु गरेको हो ।

कुनै समय नेपालका कर्पोरेट घरानाको पहिलो रोजाई बनेको टोरेग नेपाली बजारमा ३ करोड २५ लाख मूल्य राखेर बिक्री सुरु भएको हो । सन् २०१२ मा नेपाल आउँदा यसको मूल्य १ करोड ६५ लाख हाराहारी थियो । त्यो बढ्दै गएर अहिले ३ करोड २५ लाख भएको हो ।

फक्सवागेनको सबैभन्दा ठूलो मध्येको एक एसयूभी टोरेग फिचर लोडेड मोडल हो । कम्पनीले यसमा टर्बोचार्ज्ड ३.० लिटर क्षमताको ६ सिलिण्डर, भीसीक्स इन्जिन दिएको छ ।

उक्त इन्जिनले अधिकतम ३४० पीएस पावर र ४५० न्यूटन मिटर पीक टर्क जेनेरेट गर्छ । फक्सवागेनले टोरेगमा ८ स्पीडको अटोमेटीक गियरबक्स दिएको छ ।

टोरेग एक फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध एसयूभी हो । नेपालमा उपलब्ध गाडीमा नभएको सेग्मेन्ट फस्ट फिचरको रुपमा अल ह्वील स्टेरिङ यसमा छ । यदि ५० किलोमिटर प्रतिघण्टाको स्पीडसम्म टर्निङमा ४ वटै चक्का काटिने गर्छ ।

अल ह्वील स्टेरिङको सहयोगले साना ठाँउमा पनि यो एसयूभी सजिलै मोडिन सकिन्छ । टोरेगको रियर ह्वील ५ डिग्री अपोजीट डिसेक्सनमा मोडिन सक्छ । यसले गर्दा टनिङ रेडियस १ मीटरसम्म कम गर्न सकिन्छ ।

टोरेग एसयूभीमा अनरोड, अफरोड, अफरोड इन्डीभ्यूजल र स्नो गरी चार फरक ड्राइभिङ मोड पाउन सकिन्छ । त्यस्तै अर्को महत्वपूर्ण फिचरको रुपमा एयर सस्पेन्सन रहेको छ । यसको सहायताले अफरोडमा गाडी चलाउँदा ड्यास बोर्डबाटै १७ एमएमसम्म हाइट बढाउन सकिन्छ । यसमा २० इन्चको डायमण्ड कट अलोय ह्वील दिइएको छ । २१५ एमएमको ग्रउन्ड क्लियरेन्स भएको टोरेगको वाटर वेडिङ क्यापासिटी ५८० एमएमसम्म छ ।

टुरेगको क्यावीन इनभिजन ककपिट डिजाइनमा रहेको छ । यसमा एआई गेस्चर भएको १५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, १२ इन्चको फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हेडअप डिस्प्ले, हिटेड फ्रन्ट एण्ड रियर सिट, सिक्सवे एड्जस्टेवल फ्रन्ट मसाज सिट पाउन सकिन्छ ।

त्यसैगरी, पावर एड्जस्ट स्टेरिङ कोलम, प्यानारोमिक सनरुफ, ३० कलरको एम्बीयन्ट लाइट, अटोमेटिक आईआरभीएम, डिउल जोन क्लाइमेट कन्ट्रोल, हिटेड विण्डस्कृन, कुल्ड ग्लोबबक्स, लेदरेट सिट कभर, १४ स्पीकर तथा ४ सवउफर यसमा छन् ।

सुरक्षाका लागि टोरेगमा एबीएस, इबीडी, एचबीए, ६ एयरव्याग, इएससी, एडीएल, एआरएस, टेलर स्टेबलाइट फ्ङ्सन, टुटोन हर्न, टायरप्रसर मोनिटरिङ, हिड असिस्ट, अट्रासोनिक फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, किलेस स्टार्ट, रियर पार्किङ क्यामरा, फ्रन्ट एण्ड रियर डिसब्रेक आदि रहेको छ । यो एसयूभीले यूरोपियन एनक्यावको क्रयास टेस्टमा ५ स्टारको रेटिङ पाएको छ ।

फुल साइज एसयूभी टोरेगको लम्बाई ५००८ एमएम, चौडाई २१९३ एमएम, उचाई १७१७ एमएम र २९०४ एमएमको ह्वीलवेस रहेको छ । यसको टर्निङ रेडियस १२.१९ मिटर छ ।


Back_to_top