काठमाडौं । चिनियाँ ब्राण्ड सेरेसको विद्युतीय एसयूभी सेरेस–३ नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुने भएको छ । नेपाल आइसकेको सेरेस–३ आगामी नाडा अटो शोमा प्रदर्शन गर्ने तयारी कम्पनीले गरिरहेको छ ।
सेरेस ब्राण्ड एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याएको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध सेरेस–३ ले एमजी जेडएस ईभी र बीवाइडी एटो थ्रीको ५० किलोवाट आवरको ब्याट्री भएको एड्भान्स भेरियन्टसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
सन् २०२३ मा द्रुत गतिमा ब्यवसाय विस्तार गर्न सफल सेरेस ब्राण्डले टेक्नोलोजी जायन्ट हुवावेसँग सहकार्य सुरु गरेको छ । तर, अहिले नेपाल आएको मोडलमा भने हुवावेको सहकार्य छैन ।
एमएडब्लू वृद्धिले सेरेस–३ लाई दुई भेरियन्टमा नेपाल ल्याएको छ । कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्ट उपलब्ध हुनेछ । मूल्यका हिसावले कम्फर्ट सस्तो हुनेछ भने प्रिमियम महंगो हुनेछ ।
अहिलेसम्म कम्पनीले यसको मूल्य बाहिर नल्याएपनि सुरुवाति कम्फर्ट भेरियन्टको ४८ लाख र माथिल्लो प्रिमियम भेरियन्टको ५२ लाख हाराहारी रहने अनुमान गरिएको छ ।
१९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्सको कारण यसलाई हल्का अफरोडमा पनि चलाउन सकिने छ । साथै कम्पनीको दावी अनुसार सेरेस–३ विद्युतीय सवारी साधनमा मात्र सिमित नभई लक्जरी, पावरको मिश्रण हो ।
पफर्मेन्स : सेरेसले यसमा ९९ किलोवाटको मोटर दिएको छ । साथै, ब्याट्री भने दुबै भेरियन्टमा समान ५२.७ किलोवाट आवर क्षमताको छ । एनइडीसीले ४०५ र नेपालको विभिन्न क्षेत्रमा ३ हजार किलोमिटर परीक्षण गर्दा सिंगल चार्जमा औषत ३५० किलोमिटर रेन्ज पाएको कम्पनी स्रोतको भनाइ छ ।
डिजाइन र कम्फोर्ट : आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्दछ ।
टेक फिचर : चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।
डिस्प्ले : १०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्तालाई आरामदायिक र अन्तरक्र्रियात्मक अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।
दुई भेरिइन्टमा यस्ता छन् फरक


