ब्यापक परिवर्तनसहित ३ दिनपछि सार्वजनिक हुँदै नेक्सन इलेक्ट्रीक

काठमाडौं । टाटाको सर्वाधिक सफल एसयूभी नेक्सन इलेक्ट्रीकलाई नयाँ डिजाइनको साथ ३ दिनपछि आगामी बिहिवार सेप्टेम्बर ७ मा भारतमा सार्वजनिक गर्न लागेको छ । भारतीय ब्राण्ड टाटाले नेक्सन इलेक्ट्रीकलाई पहिलो पटक परिमार्जनसहित ल्याउन लागेको हो ।

टाटाले २०१७ देखि निरन्तर सफलताको स्वाद चाखिरहेको नेक्सनलाई नै २०२० मा ईभी भर्सनमा ल्याएको थियो । झण्डै ३ वर्ष एउटै डिजाइनमा ईभी बिक्री गरेपछि कम्पनीले अब भने डिजाइन परिवर्तन गर्न लागेको हो ।

टाटा मोटर्सले एक टिजर भिडियो सार्वजनिक गर्दै बिहिवारलाई नयाँ नेक्सन आउन तयार भएको संदेश दिएको थियो । टिजर भिडियो अनुसार टाटाले आफ्नो सबै इलेक्टीक भेहिकललाई ‘डट ईभी’को नामबाट ब्राण्डिङ गर्ने संदेश दिएको हो ।

टाटाले सबैभन्दा पहिला इलेक्ट्रीक टियागोमा ‘डट ईभी’को ब्याजीङ प्रयोग गरेको थियो । कम्पनीले अब पेट्रोलियम पदार्थबाट चल्ने नेक्सन र इलेक्ट्रीक नेक्सनमा ब्यापक परिवर्तन गरेर ल्याउन लागेको यसअघि बाहिर आएका तस्विरले पनि पुष्टि गरेको थियो ।

इन्टेरियरमा भने पेट्रोलियम पदार्थबाट चल्ने नेक्सन र इलेक्ट्रीक नेक्सनमा भिन्नता छुट्टाउन ईभीमा ‘ब्लु एसेन्ट’को प्रयोग भएको छ । टाटाले नयाँ नेक्सन ईभीको अगाडि भागमा पुरै वारपार एलइडी लाइटबार दिएको देखिन्छ ।

कम्पनीले ईभीलाई सिंगल बडी कलरमा ल्याउने छ । त्यहि पेट्रोलियम पदार्थबाट चल्ने नेक्सन ड्यूल कलरमा पनि आउने छ । टिजरमा देखाइए अनुसार अनुमान लगाउँदा यसको पछाडि दिइएको लाइट भने ईभी र पेट्रोलियम पदार्थबाट चल्ने दुबै एसयूभीमा समान रहने छ ।

ब्याट्री होला परिवर्तन ?

टाटाले नेक्सन ईभीमा दिइएको दुई ब्याट्री अप्सनलाई निरन्तरता दिएको रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले पहिलेकै ३०.२ किलोवाट आवर र ४०.५ किलोवाट आवरको व्याट्री प्याक अप्सनमा आउने छ ।

यद्यपि, यसअघि नेक्सन प्राइम र नेक्सन म्याक्स भनेर नाम दिइएको थियो । अबभने लङ रेन्ज र स्टायण्डर्ड रेन्ज गरेर आउने अनुमान गएिको छ । साथै, टाटाले यसअघि दिइएको भेरियन्टको नामहरु पनि परिवर्तन गर्ने अनुमान गरिएको छ ।


Back_to_top