एमजी-४ को सुरुवाती मूल्य ४१ लाख ५० हजार

काठमाडौं । एमजी मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी पारामाउन्ट मोटर्सले एमजी-४ नेपालमा सार्वजनिक गरको छ । कम्पनीले एमजी ४ काे दुई भेरियन्टमा सार्वजनिक गरेको हो ।

कम्पनीले एमजी-४ को कम्र्फट र लक्जरी भेरियन्ट उपलब्ध गराएकाे हो ।

कम्र्फट भेरियन्टमा ९९ किलोवाट आवरको मोटर रेहेका छ भने लक्जरी भेरियन्टमा १५० किलोवाट आवरको मोटर रहेको छ ।

एमजी-४ कम्र्फटमा ५१ किलोवाट आवर लक्जरीमा ६४ किलोवाट आवर गरी दुई ब्याट्री प्याक रहको छ ।

कम्नपीका कम्र्फटले एकपटकको फुलचार्जमा ३५० किलोमिटर र लक्जरी भेरियन्टमा भएकोले ब्याट्री प्याकले ४३५ किलोमिटर रेन्ज प्रदान गर्छ । यस कारको टप स्पीड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले ८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ ।

स्पोर्टी लुक्स रहेको एमजी-४ को डिजाइन निकै आकर्षक छ । यसमा भएको डुअल-विंग स्पोइलर र फुल-वाइड एलइडी टेल ल्याम्प रहेको छ । एमजीले यसमा क्लीन ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर डिजिटल दिएको छ ।

यो कारमा सेन्टर एयर इनलेट र फग ल्याम्पहरू दुवैतर्फ भर्टिकल रुपमा राखिएको छ । साथै, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र एडीएएस लगायतका फिचर्स पाउन सकिन्छ ।

कम्पनीले एमजी-४ को कम्र्फट भेरियन्टको मूल्य ४१ लाख ४९ हजार र लक्जरी भेरियन्टको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको हो ।


Back_to_top