१८ लाख मूल्य तोकेर एमजी कोमेट सार्वजनिक

काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट माटर्सले कोमेट ईभी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीेले कोमेट इभीको सुरुवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर सार्वजनिक गरेको हो ।

कम्पनीले दुई भेरियन्टमा कोमेट सार्वजनिक गरेको हो । यसको टप भेरियन्टको मूल्य भने २० लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको दुवै भेरियन्टमा कोमेटरमा ३१.२६ किलोवाट आवरको मोटर प्रयोग गरेको छ । यसमा १७.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । निकै सानो मोटर रहेको कोमेटमा ४२ हर्सपावरको मोटर र ११० न्यूटन मिटर टर्क पाउन सकिन्छ । यो कारको रेन्ज एक पटकको फुल चार्जमा २३० किलोमिटर सम्म हुने कम्पनीको दावी रहेको छ ।

यो मिनी ईभीको फ्रन्टमा आकर्षक एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पनि दिइएको छ ।

यसमा १०.२५ इन्चको हेड यूनिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङसनल स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top