काठमाडौं । सहरी क्षेत्र केन्द्रित विलिङ एयर मिनी किन्ने ग्राहकलाई नविल बैंकले कर्जा दिने भएको छ । बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने भएको हो ।
विलिङको आधिकारीक बिक्रेता बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स र नविल बैंक बीच भएको एक सम्झौंता अनुसार बैंकले ईभी किन्ने ग्राहकलाई सहज कर्जा सुविधा प्रदान गर्ने भएको हो ।
सम्झौता अनुसार विलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नविल बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ । यसरी लिएको कर्जा अधिकतम ७ वर्षमा चुक्ता गरिसक्नु पर्नेछ ।
विलिङ ईभी २०० र ३०० किलोमिटर रेन्जमा उपलब्ध छ । कम्पनीले सर्ट रेन्ज मोडलको मूल्य २० लाख ९९ हजार र लङ रेन्ज मोडलको मूल्य ३० लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
ग्लोबल स्मार्ट इलेक्ट्रीक भेहिकल (जीएसईभी) प्लेटफर्ममा बनेको विलिङ एयर ईभी दुई ढोका भएको ह्याचव्याक मोडल हो ।