स्विफ्टको धमाल, यस्तो छ बिक्री रेकर्ड

मारुती सुजुकीले आफ्नो चर्चित मोडल मारुती सुजुकी  स्विफ्टलाई बजारमा ल्याएदेखिनै यसले अत्यन्त राम्रो ब्यापार गरिरहेको छ । कम्पनीले सुरुवाति ४ महिनामा १ लाख युनिट स्विफ्ट बिक्री गरेर रेकर्ड बनाएको थियो । 

हरेक महिना २० हजार हाराहारीमा भन्दा बढी यूनिट बिक्री गरिरहेको कम्पनीले गत सेप्टेम्बरमा भारतीय बजारमा २२ हजार २ सय २८ यूनिट बिक्री गरेको थियो । तुलनात्मकरुपमा गतवर्षको सेप्टेम्बरमाभन्दा यो वर्ष स्वीफ्टको व्यापार ६८ प्रतिशत वृद्धि भएको छ भने, अन्य महिनाको तुलनामा १६ प्रतिशत बिक्री प्रतिशत बढेको छ । 

हाल, कम्पनीले ग्राहकलाई आकर्षित गर्ने उद्देश्यसहित इन्ट्रीलेभल सेग्मेन्टमा आधारित  स्विफ्टको लिमिटेड एडिसन सार्वजनिक गरेको छ । यो संस्करणमा ब्लाकह्वील–क्याप, बडी–कलर, डोर–ह्यान्डल, रियर–भ्यू मिररकासाथै ब्लू–टुथ कनेक्टेड सिङ्गल डिन म्युजिक सिस्टम लगाइएको छ । 

कारको फ्रन्टमा दुईवटा स्पिकर लगाइएको छ भने फ्रन्टपावर विन्डोज, रिभर्स पार्किङ्ग सेन्सर, सेन्ट्रल लकिङ्ग, टिल्ट स्टेरिङ्ग, आइक्याट्स एन्टी–थिफ्ट सिस्टम उपलब्ध छ । साथै, कारमा स्ट्यान्डर्ड सेफ्टीका लागि डबल एयरब्याग, एबीएस, ईबीडी विशेषता दिइएको छ । 

यो हेयरटेक प्लाटफर्ममा आधारित मोडल हो । सुजुकी बलेनो र डिजाएर कम्प्याक्ट सेडान यही अवधारणामा आधारित मोडल हुन् । स्वीफ्टमा ४० एमएम फराकिलो र २० एमएम ह्वीलवेस लगाइएको छ भने, इन्टेरियर स्पेशलाई परिमार्जन गर्दै २४ एमएम बनाइएको छ । यसमा पुरानो मोडलमा उपलब्ध १.२ एलके सिरीज इञ्जिन लगाइएको छ । यसले ११५ एनएम–टर्ककासाथै ८४ पीएस पावर उत्पादन गर्छ ।

त्यस्तै, १.३ एल डिजेल इञ्जिनले ७५ पीएस पावरकासाथै १९० एनएम–टर्क उत्पादन गर्छ । दुबै इञ्जिनमा फाइभ–स्पीड म्यानूअलकासाथै एएमटी गियरबक्स लगाइएको छ ।

नेपाली बजारमा पनि निकै चर्चित रहेको स्विफ्ट नयाँ संस्करण आएसँगै बिक्रीमा निकै बढोत्तरी भएको छ । 


Back_to_top