क्याम्कोले ल्यायो दुई इलेक्ट्रीक स्कुटर, यस्ता छन् विशेषता

क्वाङ–योङ मोटर कम्पनीले दुईवटा नयाँ मोडलका इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । जर्मनीमा जारी ‘इन्टरमोट २०१८’ मा कम्पनीले नयाँ मोडल ‘क्याम्को लाइक–११०’ र ‘क्याम्को नाइस–१००’ स्कुटर सार्वजनिक गरेको हो ।

यी दुबै स्कुटरमा लोनेक्स चार्जिङ्ग सोलुसन दिइएको छ, जुन निकै हलुका रहेको छ । घर तथा अफिसहरूमा प्रयोग गर्नका लागि यी दुई मोडलमा चार्जिङ्ग स्ट्यान्डसहित स्वापेवल ब्याट्रीको प्रयोग गरिएको छ । ग्राहकहरूको सहजतालाई मध्यनजर गर्दै स्कुटर चार्ज गर्नका लागि क्याम्कोले ताइवानमा १ हजार ५०० लोनेक्स चार्जिङ्ग स्टेसन निर्माण गर्ने योजना बनाएको छ । 

क्याम्को लाइक–११० लाई रेट्रो डिजाइन दिइएको छ । यसअघि यो डिजाइनको प्रयोग क्लासिक इटालियन स्कुटरहरू भेस्पा र लामब्राटाले प्रयोग गरेका छन् । क्याम्को लाइक–११० स्कुटरमा अल–मेटल बडीकासाथै सिम्प्लिस्टीक डिजाइन गरिएको छ भने क्लिन–लाइन र सर्कुलर हेडलाइट जडान गरिएको छ । यो इलेक्ट्रीक स्कुटरले ३ किलोवाटको मोटर रहेको यो स्कुटरले एकपटकको फुल चार्जमा ६० किलोमिटर दूरी पार गर्छ भने यसको टप–स्पीड क्षमता ४५ किलोमिटर प्रतिघन्टा रहेको छ । 

यो स्कुटरमा अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट–फोन कनेक्टीभिटी, जीपीएस नेभिगेसन सिस्टम तथा वेदर–अलर्ट सिस्टमहरू जडान गरिएको छ । यसकासाथै, क्याम्को नाइस–१०० स्कुटर भने इन्ट्री–लेभलको स्कुटर हो । यो स्कुटर एकदमै हलुङ्गो रहेको छ । 

यो इलेक्ट्रीक स्कुटरले १.५ किलोवाटको मोटरले एकपटकको ६० किलोमिटरर रेन्ज पार गर्न सक्छ भने एसको टप–स्पीड क्षमता जम्मा ४५ किलोमिटर प्रतिघन्टा रहेको छ । क्याम्को नाइस–१०० ईभीमा कुनै पनि कनेक्टीभिटी अप्सन रहेको छैन । 


Back_to_top