काठमाडौं । क्रसफायरको २२३ सीसी डबल स्पोर्टस मोटरसाइकल ३ लाख ३० हजारमा किन्न सकिने भएको छ । कम्पनीले ल्याएको फेस्टिभ अफरमा ट्रयाकर २५० ३ लाख ३० हजारमा नै किन्न सकिने भएको हो ।
क्रसफायर तथा इटालीका मोटोको नेपालका लागि आधिकारिक विक्रेता क्लासिक ह्वीलले दशैंको अवसर पारेर ल्इाएको ‘दशैं मेगा स्कीम’ मा ४० हजार नगद छुटको स्कीम ल्याएको हो ।
कम्पनीले ल्याएको फेस्टिभ स्कीममा नगद छुटका साथै फाइनान्स तथा एक्सचेन्जमा मोटरसाइकल किन्न सकिन्छ । कम्पनीले ३ लाख ७० हजार रुपैयाँमा ट्रयाकर २५० विक्री गर्दै आएको थियाे।
क्रसफायर ट्रयाकर २५० मा २२३ सीसी सिंगल सिलिन्डर फोर स्ट्रोक एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा अधिकत २० हर्सपावर जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यसमा युएसबी चाजिर्ङ पोर्ट, डिजिटल क्लस्टर, गियर इन्डिकेटर उपलब्ध रहेको छ ।

