एसयूभीमा अब्बल बन्दै गएको महिन्द्रालाई XUV400 ल्याउनै पर्ने दवाव

काठमाडौं । नाडा अटो शो २०२३ मा नै नेपाल ल्याउने योजना बनेको भएपनि केही कारण प्रदर्शनी हुन नसकेको महिन्द्रा XUV400 चाँडै नेपाल आउने मोडलमा पर्छ । विशेषगरी विद्युतीय एसयूभीको माग बढ्दै गएको समयमा भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले इलेक्ट्रीक एसयूभी ल्याउनै पर्ने दवाव सृजना भएको हो ।

महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले XUV400 नेपाल ल्याउने हो भने यसले इलेक्ट्रीक कारको सेग्मेन्टमा टाटा नेक्सन र एमजी जेडएस जस्ता सफल मोडसँग सिधा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । भारतमा पनि यसको प्रतिस्पर्धा दुबै मोडलसँग भइरहेको छ ।

महिन्द्रासँग अहिले एसयूभीको राम्रै लाइनअप रहेको छ । कम्पनीले XUV700, स्कर्पियो एन, स्कर्पियो क्लासिक, XUV300 जस्ता एसयूभी बिक्री गर्दै आएको छ । कम्पनीको पहिलो इलेक्ट्रीक एसयूभी थपिएपछि लाइनअप थप बलियो बन्नेछ ।

यस्तो छ XUV400

XUV400 भारतमा विभिन्न दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको छ । जसमा ३४.५ र ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री अप्सन पाउन सकिन्छ ।

महिन्द्रा XUV400 मा रहेको सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । यी दुबै ब्याट्रीले ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्छन् ।

XUV400 लाई ५० किलोवाटको चार्जरले चार्ज गर्दा ब्याट्रीलाई शून्यबाट ८० प्रतिशत चार्ज गर्न जम्मा ५० मिनेट लाग्ने कम्पनीको भनाइ छ । यसलाई गाडीमा उपलब्ध ३.३ किलोवाटको होम चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ । त्यस्तै ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

महिन्द्राले XUV400मा दुई ब्याट्री अप्सन दिएको छ । जसमा ३४.५ र ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा रहेको सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ ।

सुरक्षाको लागि निकै स्तरिय फिचर उपलब्ध XUV400 मा इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम (इएसपी), हिल होल्ड एसिस्ट (एचएसए), अटो डिमिङि आइआरभीएम, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर छन् ।

XUV400को लम्बाई ४२०० एमएम, चौडाई १८२१ एमएम, उचाई १६३४ एमएम रहेको छ । यसमा २६०० एमएमको ह्वीलवेस रहेको छ ।


Back_to_top