दशैंमा किन्ने हो टीभीएसका मोटरसाइकल र स्कुटर ? यस्ता छन् फाइदा

काठमाडौं । आउँदै गरेको चाडपर्वमा मोटरसाइकल किन्ने योजनामा हुनुहन्छ भने सबै जसो ब्रान्डहरुले स्कीम ल्याइरहेका हुन्छ । त्यसमा पनि सफल ब्राण्ड टीभीएसको स्कीम धेरैको चासोको विषय हुनसक्छ ।

यदि, तपाईले फेस्टिभ सिजनमा टीभीएसका मोटरसाइकल तथा स्कुटर किन्ने सोच्नु भएको छ भने त हामीले दिने सूचना तपाईका लागि निकै उपयोगी हुन सक्छ ।

टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आगामी दशैं, तिहार र छठ पर्वको लागि ल्याएको स्कीम नयाँ स्कुटर र मोटरसाइकल किन्नेको लागि निकै उपयोगी हुनसक्छ । त्यसैले हामीले कम्पनीको स्कीम र मूल्यका बारेमा यहाँ चर्चा गरेका छौं ।

चाडपर्व स्कीम

टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ नामक स्कीम सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

स्कीमको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर उपहारको रुपमा १० लाखसम्म जित्ने अवसर पनि स्कीममा रहेको कम्पनीले जानकारी दियो ।

साथै, एक्सचेन्जमा १० हजारसम्म अतिरिक्त मुल्याङ्कन, सुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल र स्कुटर खरिद गर्न सकिने सुविधा पनि उपलब्ध छन् ।

टीभीएस मोटरसाइकल मूल्य

टीभीएसले नेपालमा बिक्री गर्ने सबैभन्दा धेरै मूल्यको मोटरसाइकल अपाचे आरआर ३१० को मूल्य ७ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै अपाचे आरटीआर २०० फोर भी आरटीएफआईको मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेर बिक्री गर्दै आएको छ ।

त्यसैगरी, अपाचे आरटीआर २०० फोर भी एबीएसको मूल्य ३ लाख ९१ हजार ९०० रुपैयाँ, आरटीआर १६० फोरभी रिफ्रेस एबीएसको ३ लाख ५९ हजार ९०० रुपैयाँ, आरटीआर १६० फोर भी रिफ्रेस आरडीको ३ लाख २३ हजार ९००, आरटीआर १६० फोर भी रिफ्रेस एफडीको ३ लाख २० हजार ९०० र आरटीआर १६० फोर भी आरडीको २ लाख ९० हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तैगरी अपाचे आरटीआर १६० टूभी एफडीको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ, त्यस्तै आरटीआर १६० फोर भी आरटीएफआईको ३ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले बिक्री गर्ने ११० सीसी क्षमताको रेडिअनको मूल्य २ लाख ३ हजार ९००, स्टाइकर रिफ्रेसको मूल्य २ लाख ३३ हजार ९०० रुपैयाँ र रेडर १२५ को २ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

टीभीएस स्कुटरको मूल्य

टीभीएसले स्कुटरतर्फ एनटर्क १२५ डिस्कको २ लाख ७१ हजार ९०० रुपैयाँ, एनटर्क रेस एडिशनको २ लाख ७९ हजार ९०० रुपैयाँ, एनटर्क एक्सपीको मूल्य ३ लाख २० हजार ९०० रुपैयाँ तोकेको छ ।

त्यस्तै, एनटर्क ड्रम भेरियन्टको मूल्य २ लाख ३५ हजार ९००, एनटर्क आरटीएफआई बीएस ६ को ३ लाख ५ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

टीभीएस विगो एफआईको मूल्य २ लाख २६ हजार ९००, एनटर्क सुपर स्वाड एडिशनको मूल्य २ लाख ८४ हजार ९०० रुपैयाँ र जुपिटर क्लासीकको मूल्य २ लाख ७१ हजार ९०० रुपैयाँ तोकर बिक्री गर्दै आएको छ ।


Back_to_top