पावरमा अब्बल, मूल्यमा सस्तो २०० सीसीको मोटरसाइकल

काठमाडौं । मोटरसाइकल सेग्मेन्टमा लामो सयम एकछत्र राज गर्दै आएको बजाज धेरै विषयमा नेपालको मोटरसाइकल क्षेत्रको लिडर हो । सन् २००१ देखि नेपालमा निरन्तर उपलब्ध बजाजका उत्पादन पावर र कम मूल्यको कारण पनि धेरै सफलता पाउन सफल भएको मानिन्छ ।

दशैं तिहार सम्पूर्ण स्कीम जान्न यहाँ क्लिक गर्नुहोस् ।

बजाजले बिक्री गर्ने मोटरसाइकल अन्य जापानी ब्राण्ड होन्डा, यामाहा, सुजुकीको तुलनामा सस्तो हुने र डिजाइनमा निकै आकर्षक हुने भएकै कारण धेरै सफल भएको मानिन्छ । त्यसमा पनि २०० सीसी सेग्मेन्टको मोटरसाइकलमा बजाजको एकलौटी बजार छ भन्दा फारक पर्दैन ।

बजाजले २०० सीसी मोटरसाइकलमा एनएस २०० मोडल बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने एनएसलाई ३ लाख ४९ हजार ९०० रुपैयाँ सुरुवाती मूल्य तोकेर बिक्री गर्दै आएको छ । बजारमा उपलब्ध अधिकांश ब्राण्डका १५० सीसी क्षमताका मोटरसाइकल पनि यो मूल्यमा उपलब्ध छैनन् ।

पल्सर NS 200 टप भेरियन्टको मूल्य भने ४ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यसमा एबीएस सहितको बीएस ६ मापदण्डको एफआई इन्जिन दिइएको छ ।

इन्ट्री भेरियन्ट

पल्सर NS 200 को इन्ट्री भेरियन्टको मूल्य ३ लाख ५० मात्रै भएको कारण यसमा धेरै भिन्नता छ होला भन्ने धेरैको अनुमान हुन सक्छ । कम्पनीले यसमा पहिलेकै बीएस ४ मापदण्डको इन्जिन दिएको छ । मुख्य फरक इन्जिनको मापदण्ड हो ।

यसमा रहेको १९९.५ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक डिटिएसआई इन्जिनले निकै राम्रो पावर प्रदान गर्छ । उक्त इन्जिनले अधिकतम ९५०० आरपीएममा २३.५० पीएस पावर र ८००० आरपीएममा १८.३० एनएम टर्क प्रदान गर्छ ।

पल्सर NS 200 को लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम, उचाई ८०७ एमएम छ । यसमा ग्राउन्ड क्लियरेन्स १७६ एमएम र ह्वीलवेस १३६३ एमएमको छ ।

बजाजले NS 200 को दुबै चक्कामा डिस्क ब्रेक दिएको छ । अगाडि २८० एमएम र पछाडि पनि २३० एमएमको डिस्क छ । दुबै चक्कामा १७ इन्चको ह्वील रहेको छ । यसमा फ्यूल ट्याङक भने १२ लिटर क्षमताको पाउन सकिन्छ ।

मासिक किस्ता

कम्पनीले विभिन्न स्कीमसहितको ग्राहकमैत्री योजना चलाई रहेको छ । उक्त योजनामा कम डाउन पेमेन्टमा मोटरसाइकल किन्ने सुविधादेखि ब्याज नलाग्ने स्कीमसम्म ग्राहकले पाउने छन् ।

ब्याज तिर्नु नपर्ने स्कीममा पल्सर NS 200 को इन्ट्री भेरियन्ट किन्ने ग्राहकले मूल्यको ४० देखि ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । यदि ५० प्रतिशत डाउन पेमेन्ट बुझाउने हो भने १ लाख ७४ हजार ९५० रुपैयाँ सुरुमै बुझाउनु पर्छ ।

त्यति नै रकम १८ महिनामा तिर्नेगरी कर्जा सुविधा कम्पनीले उपलब्ध गराएको छ । ब्याज नलाग्ने स्कीम भएको कारण ग्राहकले मासिक ९ हजार ७२० रुपैयाँ किस्ता तिर्नेगरी NS 200 किन्न सक्नेछन् ।


Back_to_top