काठमाडाै । हिराे मोटोकर्पले रोयल इनफिल्ड हिमालयनको नयाँ भर्सन हिमालयन ४५२ को प्रतिस्पर्धी मोटरसाइकल तयार गरिरहेको खुलासा भएको छ । कम्पनीले एक्सपल्स ४०० को परिक्षण गरिरहेको तस्वीर बाहिर आएसँगै यसको खुलासा भएको हो ।
केही समय अघि लद्धाखमा परिक्षणमा देखिएको मोटरसाइकल अहिले हिरोको जयपुरमा रहेको रिसर्च एण्ड डेभलपमेन्ट अफिस नजिकै परिक्षण भइरहेको देखिएको हो ।
हिरोले एक्सपल्स २०० लाई नयाँ इन्जिनमा समेत ल्याउने तयारी गरिरहेको जानकारी बाहिर आइसकेको भएता पनि नयाँ परिक्षणमा देखिएको मोटरसाइकल भने एक्सपल्स ४०० रहेको अपेक्षा गर्न सकिन्छ । एक्सपल्स ४०० मा यूएसडी फर्क, मानोशक सस्पेन्सन, अल एलइडी लाइट, मस्कुलर फ्यूल ट्याङ्क रहेने छन् ।
परिक्षणमा रहेको मोटरसाइकलमा कुनैपनि इन्जिन स्पेशिफिकेशनको बारेमा जानकारी बाहिर आएको छैन् । कम्पनीले यसमा हार्ले एक्स ४४० को इन्जिन प्रयोग गर्नेछ वा नयाँ ४०० सीसी लिक्वीड कुल्ड इन्जिनको विकास गर्नेछ ।
यसमा हार्ले एक्स ४४० को इन्जिन प्रयोग गर्ने हो भने हिमालयन ४५२ र केटीएम ३९० लाई सिधा टक्कर दिनेछ । यी दुई मोटरसाइकलको तुलनामा हिरोको मूल्य निकै कम हुने अनुमान गर्न सकिन्छ ।

