दशैं विदामा थन्किएको मोटरसाइकल चलाउँनु अगाडि यी काम गर्नुहोस्

काठमाडौं । नेपाली चाडपर्वहरुमा सबैभन्दा लामो समय विदा हुने चाडपर्व भनेको दशैं हो । यसरी लामो सयम विदा हुँदा धेरै मानिसहरु घरमा नै रमाइलो गर्ने वा लामो यात्रामा निस्कने गर्छन् ।

यस्तो लामो विदामा आफुले प्रयोग गर्ने गरेको मोटरसाइकल तथा स्कुटर प्रयोग नभएर थन्किएर बसेको हुन्छ । विदा सकिएसँगै नियमित काममा जाँनु अघि हामिले मोटरसाइकललाई राम्रोसँग निरिक्षण गर्नु पर्ने हुन्छ ।

आज हामीले केही समय नचलाएर राखिएको मोटरसाइकल चलाउनु पूर्व गर्नुपर्ने केही कामको बारेमा जानकारी दिने छौं ।

१. टायरमा हावा चेक गर्ने

लामो समय मोटरसाइकल नचलाउँदा टायरमा हावा कम भएको हुन सक्छ । मोटरसाइकल चलाउनु पूर्व दुबै टायरमा हावा कम भएको छ वा छैन चेक गर्नु पर्छ ।

२. वायरिङ हेर्ने

प्रयोग नगरि राखेको मोटरसाइकलमा मुसाले कुनै तारहरु कोटेको छ वा छैन राम्रोसँग हेर्नु पर्छ । ब्रेक, हर्न, लाइट, थ्रोटल, क्लचका वायरिङ राम्रोसँग हेरेर मात्र मोटरसाइकल चलाउन सुरु गर्नु राम्रो हुन्छ ।

३. कोल्ड स्टार्ट

लामो समय थन्किएको मोटरसाइकल चलाउनु पूर्व गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम भनेको कोल्ड स्टार्ट हो ।

हामिले लामो समय नचलाई राखेको मोटरसाइकलको इन्जिनमा भएको सबै इन्जिन आयल (चल्तिको भाषामा मोविल) इन्जिनको तल्लो भागमा पुगेर बसेको हुन्छ । त्यसले गर्दा हामिले सिधै मोटरसाइकल स्टार्ट गरेर चलाइहाल्नु उपयुक्त हुँदैन् ।

यस्तो अबस्था मोटरसाइकल स्टार्ट गरेर सिधै कुदाउदा इन्जिनको सबै भागमा इन्जिन आयल पूगेको हुँदैन फलस्वरुप घस्रण पैदा भई इन्जिनमा चाँडै समस्या आउँछ । यसका साथै मोटरसाइकलको पर्फमेन्समा समेत कमि आउँछ ।

कसरी गर्ने कोल्ड स्टार्ट र यसका फाइदा

यो एक अतिनै सामान्य प्रक्रिया भएता पनि यसका धेरै फाइदा रहेका छन् । यो प्रकृया सुरु गर्नु अघि मोटरसाइकललाई मिड स्ट्डान्ड ९डबल स्ट्यान्ड० मा राख्ने यसो गर्दा इन्जिन आयल इन्जिनको तल्लो भागको सेन्टमा जान्छ । त्यस पश्चात मोटरसाइकललाई न्यूट्रल गियरमा राखेर स्टार्ट गर्ने । यसमा हामीले किक वा सेल्फ जुन प्रकियाबाट स्टार्ट गर्दा पनि हुन्छ । यसरी मोटरसाइकल स्टार्ट गरेर २ देखि ५ मिनेटसम्म थ्रोटलमा प्रेसर नदिइ छाड्नु पर्ने हुन्छ । अर्थात एक्सीलेटर बटार्नु दवाउनु हुँदैन ।

कार्वुरेटर इन्जिन भएका मोटरसाइकलमा स्टार्ट गर्न समस्या भयो भने हामीले चोकको प्रयोग गर्नुपर्ने हुन्छ । एफआई इन्जिन भएका मोटरसाइकलमा भने यस्तो समस्या आउने सम्भावना एकदमै कम हुन्छ । यसरी इन्जिन स्टार्ट गरेर बढिमा ५ मिनेट छाडेर हामीले मोटरसाइकल कुदाउनु उपयुक्त हुन्छ । यसो गर्दा इन्जिनको सबै भागमा इन्जिन आयल राम्रो सप्लाई हुन्छ र इन्जिन स्मुथ भएर चल्छ । जसले गर्दा मोटरसाइकलमा भाइब्रेसन कम हुने, माइलेज बढ्ने, थ्रोटल रेस्पोन्स राम्रो हुने, इन्जिनको आयु बढ्ने र समग्रमा मोटरासइकलको पर्फमेन्समा नै वृद्धि हुन जानेछ ।


Back_to_top