काठमाडौं । चीनको नम्बर १ कमर्शियल भेहिकल ब्रान्ड फोटोन र युरोपियन अटोमोबाइल ग्रुप पियाजियो बीच इलेक्ट्रीक लाइट कमर्शियल भेहिकल (एलसीभी) बनाउन सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
गत अक्टोबर १९ मा चीनको बेइजिङमा भएको सम्झौता अनुसार दुई कम्पनीले युरोपियन बजारमा बिक्री गर्न पियाजियाको इटालियन प्लान्टमा नयाँ रेन्जको लाइट कमर्शियल ईभी बनाउने छन् ।
सहर भित्र मालसामान ढुवानी गर्नका लगि सुरूआतमा १ टनसम्मको पेलोड भएका दुई नयाँ फोर ह्वील ईभी बनाउने योजना रहेको छ । यी दुई समूहको सहकार्यमा यसअघि पनि सन् २०२१ बाट सिटी ट्रकका रूपमा पोर्टर एनपी सिक्स उत्पादन भएको थियो ।
नेपालका लागि फोटोन मोटर्सका आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्शियलले फोटोनको इलेक्ट्रीक पिकअप, इलेक्ट्रीक भ्यान, मिनी ट्रक तथा पिकअप ट्रकको बिक्री गर्दै आएको छ ।