६ भेरियन्टमा उपलब्ध Honda Dio स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने स्कुटर होन्डा डिओ ५ भेरियन्टमा उपलब्ध रहेको छ । होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले हालै डिओको १२५ भर्सन नेपाल ल्याएसँगै ६ भेरियन्टमा उपलब्ध भएको हो ।

कम्पनीले बीएस ४ को दुई भेरियन्ट, बीएस ६ को २ भेरियन्ट र १२५ सीसीमा २ भेरियन्टमा उपलब्ध गराएसँगै ६ भेरियन्टमा उपलब्ध भएको हो ।

योसँगै होन्डा डिओ ग्राहकले २ लाख २१ हजार ९०० रुपैयाँदेखि ३ लाख ९ हजार ९०० रुपैयाँसम्मको छनोटमा खरिद गर्न सक्ने भएका छन् ।

नेपालमा स्कुटर सेग्मेन्टमा आफ्नो अलगै पहिचान बनाएको डिओ बीएस ४ एसटीडी भेरियन्ट २ लाख २१ हजार ९०० र बीएस ४ डीएलएक्सको मूल्य २ लाख ३१ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै, बीएस ६ भर्सनमा डिओ एसटीडीको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ र डीएलएक्सको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरी, नयाँ सार्वजनिक भएको डिओ १२५ को एसटीडीको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ र डीएलएक्सको मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरू गरेको हो ।

यस्तो छ डिओ १२५ स्कुटर

नयाँ होन्डा डिओमा १२३।९ सीसी क्षमता भएको एयर कुल्ड एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८।१४ बे्रकहर्स पावर र १०।३ एनएमको टर्क जेनेरेट गर्छ ।

नयाँ डिओमा मोर्डन टेल ल्याम्प, नयाँ स्प्लिट ग्रयावरेल, डिस्कब्रेक, अलोय ह्वील, नयाँ ग्राफिक्स डिजाइन, नयाँ बोल्ड लोगो, डुअल आउटलुट मफलरको साथ क्रोम फिनिसिङले स्कुटरको लुक्स पहिलेभन्दा थप स्पोर्टी देखिएको छ ।

त्यसैगरी, नयाँ डिओ १२५ मा डिजिटल स्पिडोमिटर दिइएको छ । जसमा औषत इन्धनको खर्च, बाँकी पेट्रोलले दिने रेन्ज जस्ता सूचना दिन्छ । यसका साथै, नयाँ डिओमा डिजिटल डिसप्ले, ट्रिप मिटर, समय, साइड स्ट्यान्ड इन्डिकेटर, स्मार्ट की, एलईडी हेडलाइट, एलईडी पोजिसन लाइट, ब्याट्री इन्डिकेटर, सर्भिस ड्यू इन्डिकेटर दिइएको छ ।

कम्पनीले नयाँ डिओमा आइडल स्टप सिस्टम, १२ इन्चको फ्रन्ट ह्वील, टेलिस्कोपिक सस्पेन्सन, कम्बी ब्रेकिङ सिस्टम, १८ लिटर अन्डर सिट स्टोरेज स्पेस, स्मार्ट स्टार्ट, स्मार्ट फाइन्ड, स्मार्ट अनलक जस्ता थुपै फिचरहरू दिएको छ ।


Back_to_top