२७ हजार रुपैयाँले घट्यो जिक्सरको मूल्य, स्कीममा किन्दा अझै छुट

काठमाडौं । भीजी सुजुकीले जिक्सर १५० को २०२३ मोडल नेपाल भित्र्याएको छ । कम्पनीले २७ हजार मूल्य कम गरेर जिक्सर १५० को २०२३ मोडल नेपालमा बिक्री सुरू गरेको हो ।

कम्पनीले ल्याएको २०२३ मोडल जिक्सरको मूल्य २७ हजार रुपैयाँले कम गरेर सार्वजनिक गरेको हो ।

जिक्सरको नयाँ मूल्य ३ लाख ६२ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरू गरेको कम्पनीको भनाइ छ । यसअघि बिक्री हुँदै आएको २०२२ मोडल जिक्सरको मूल्य ३ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीका अनुसार भारतीय बजारबाटै मूल्य समायोजन भएर आएका कारण जिक्सरको मूल्य कम भएको हो ।

फेस्टीभ स्कीममा जिक्सर किन्ने ग्राहकले नयाँ मूल्यमा समेत १० हजार नगद छुट पाउने कम्पनीले जनाएको छ । यो स्कीममा ग्राहकले ३ लाख

२०२३ जिक्सर १५० एबीएस तथा एफआइसहित नेपाल आएको हो । यसको इन्जिनमा कुनै परिर्वतन भएको छैन भने कम्पनीले नयाँ कलर ग्राफिकमा उपलब्ध गराएको छ ।

सुजुकी जिक्सरमा १५५ सीसी सिंगल सिलिन्ड, एयर कुल्ड र एफआई इन्जिन उपलब्ध रहेको छ । यो इन्जिनले १४ पीएस पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top