१८ दिन भित्र एटो-३ वा डल्फीन किन्दा भुकम्प प्रभावित क्षेत्रमा सहयोग हुने

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले मंसिर २३ गतेसम्म गाडी बुकिङ गर्ने ग्राहकको नामबाट भुकम्प प्रभावित क्षेत्रमा सयोग रकम पठाउने स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा डल्फीन बुकिङ गर्ने ग्राहकबाट १० हजार र एटो–३ बुकिङ गर्ने ग्राहकबाट २० हजार रुपैयाँ भुकम्प प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउने भएको हो ।

कम्पनीले भुकम्प प्रभावित क्षेत्रमा धेरैभन्दा धेरैको सहयोग पुर्याउन पहल गरेको बताउँदै साइमेक्स इंकका सीइओ सहिल श्रेष्ठले भने, ‘बीवाइडीका कार अग्रिम बुकिङ गरी भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफÞर्म र दैनिक पत्रिकामा प्रकाशित गरेर सबैलाई धन्यवाद दिनेछौं ।’

कम्पनीले पहिले पनि भूकम्प प्रभावितहरुको सहयोगका लागि एघार लाख रुपैयाँ सानीभेरी गाउँपालिकालाई प्रदान गरेको थियो । सहयोग रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेका थिए । रकम हस्तान्त्रणपछि अध्यक्ष श्रेष्ठले भनेका थिए, ‘कठिन समयमा हामी जाजरकोट र रुकुम पुर्वका सहनशील गाउँ समुदायको साथमा छौँ । भूकम्प प्रभावितमा ज्यान गुमाएकाहरू प्रति संवेदना प्रकट गर्दै पीडितहरुको सहयोगमा योगदान र पुनर्निमाण प्रक्रियामा समर्थन जनाउनु हामी सबैको जिम्मेवारी हो ।’


Back_to_top