काठमाडौं । चौधरी ग्रुप आन्तर्गतको सिजी मोटर्सले बिक्री बितरण गर्दै आइरहेको किङ्लङ विद्युतीय माईक्रो बसहरु काठमाडौंका विविन्न रुटहरुमा सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका माईक्रो बसहरु बागमती प्रदेश सरकारको नीति तथा महानगरपलिकाको आवधारणा अनुसार आएका हुन् ।
पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई बिस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाऊने प्रदेश सरकारको नीति अनुसार नयाँ माइक्रोबस संचालनमा आएका हुन् ।
अहिले उपत्यका आसपासमा दैनिक ३ हजार यूनिट डिजेलबाट चल्ने माइक्रोबस संचालनमा रहेको अनुमान गरिएको छ । यी माइक्रोबस विद्युतीयमा परिमार्जन हुँदा दैनिक २ करोड १० लाख रुपैयाँ डिजेल बचत हुने अनुमान गरिएको छ ।
सिजी मोटर्सले बिक्री बितरण गर्दै आइरहेको किङ्लङ माईक्रो बस १४ र १९ सिट क्षमताका छन् । चर्चित ब्याट्री निर्माता कम्पनी सीएटीएलले बनाएको ब्याट्री यसमा पाउन सकिन्छ ।

यसमा भएको ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ३०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यी माइक्रो बसमा १८० मिमी ग्राउन्ड क्लियरेन्स छ । त्यसैले यहाँका बाटामा यसलाई सहजै चलाउन सकिन्छ ।
कम्पनीले हरेक ५ वटा गाडी खरिदमा एउटा फास्ट चार्जर दिदै आएको जानकारी दिदै नेपालभर ३० स्थानभन्दा धेरै ठाउँमा चार्जर स्थापना भैसकेको जनाएको छ । अब थप ५० भन्दा धेरै ठाउँमा चार्जर जडान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
काठमाडौंका ३ स्थानमा सर्भिस सुबिधा संचालनमा ल्याएको कम्पनीले जनाएको छ। साथै, रिङ्गरोडमा हरेक ५ किलोमिटरमा एउटा चार्जर राख्ने अन्तिम तयारी भइरहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

