काठमाडौं । महिन्द्राको अल इलेक्ट्रीक एसयूभी ‘ई-९’ विभिन्न देशमा परिक्षण भइरहेको छ । कम्पनीले अप्रिल २०२५ मा बजारमा ल्याउने ‘ई-९’को परिक्षण गरिरहेको तस्विरहरु मिडिया मार्फत बाहिर आएका हुन् ।
महिन्द्राले अहिले बिक्री गर्दै आएको ‘एक्सयूभी ७००’मा आधारित रहेर तयार भइरहेको ‘ई-८’ एसयूभीभन्दा माथि रहने ई-९ ‘इनग्लो आर्किटेक्चर’मा बनेको हो । कुप्पे डिजाइनमा आउने ई-९ को इन्टेरियरको तस्विरहरु पनि बाहिर आएका छन् ।
सार्वजनिक भएको तस्विर अनुसार उक्त एसयूभी ५ सिट क्षमतामा आउने छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको तीन वटा ‘हाइरेजुलेसन’ डिस्प्ले वारपार जोडिएको छ ।
‘टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील’ रहेको विद्युतीय एसयूभीमा गियर सिफ्ट र अल ह्वील ड्राइभको बटम भने सेन्टर कन्सोलमा दिइएको छ । ‘ट्रापेजोडियल सेपको एयर कण्डिसन भेन्ट’ स्कृनको ठिक तल दिएको छ ।

साथै, क्लाइमेट कन्ट्रोल नवहरु पनि ड्यासबोर्डमै देख्न सकिन्छ । यसमा अगुुमेन्टेड न्याभिगेसन सहितको हेडअप डिस्प्ले, भेहिकल टु लोड फङ्सन तथा लेवल २ अटोनोमस ड्राइभिङ सिस्टम र एड्भान्स फिचर दिइएको छ ।
बाहिरी डिजाइनलाई पनि पृथक बनाउन कम्पनीले काम गरेको छ । अगाडि क्लोअप ग्रिल, फुल विथ एलइडी व्याण्ड, एलइडी हेडलाइट सेटपअ दिइएको छ । नयाँ भविष्य केन्द्रित डिजाइनको लागि बडीमा थुप्रै ‘एज’हरु प्रयोग गरिएको देखिन्छ ।
रियरमा ठूलो स्पोइलर, एलइडी टेललाइट तथा एलइडी लाइट व्याण्ड रहने छ । साइडमा दिएको फ्लस डोर ह्याण्डलले यसलाई थप मोर्डन देखाएको छ ।
महिन्द्रा एक्सयूभी ई-९ मा ८० किलोवाट आवरको ब्याट्री प्याक रहने छ । अल ह्वील ड्राइभ भर्सनमा अगाडि र पछाडि दुबै एक्सलमा २३० देखि ३५० हर्सपावर जेनेरेट गर्ने इलेक्ट्रीक मोटर रहने छन् । महिन्द्राका अनुसार यो ईभीमा हुने ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ४३५ देखि ४५० किलोमिटरसम्म डब्लुएलटीपी परिक्षणमा रेन्ज प्राप्त हुनेछ ।

