काठमाडौं । टेस्लाको पहिलो पीकअप ‘साइवर ट्रक’ अटोमोवाइल इतिहासमै सबैभन्दा बढि चर्चा कमाउन सफल भएको मोडल हो । यसको आधिकारीक बिक्री अमेरिकी बजारमा पनि भएको छैन ।
साइवर ट्रकको डेलिभरी हुनु केहि हप्ता अगाडि मात्रै फाइनान्सीयल एनालाइसीस कम्पनी ‘जेफ्रिज’का म्यानेजीङ डाइरेक्ट फिलीप होस्वाले टेस्ला पीकअप साइबरट्रकको उत्पादन बन्द गर्न सुझाव दिएका छन् । होस्वाका अनुसार साइबरट्रक प्रोजेक्टले टेस्लाको आम्दानी र नगद फ्लोमा नै नकारात्मक असर गर्ने छ ।
होस्वाले शोसल मिडिया साइट एक्समा लेखेका छन्, ‘टेस्लाले साइबरट्रक प्रयोजेक्ट रोक्ने हो भने आफ्ना शेयरहोल्डरलाई राम्रो हुनेछ ।’
सन् २०२४ पहिलानै टेस्लाको ग्रोथमा ‘लस एयर’ भइसकेको छ । यसलाई बन्द गर्नाले टेस्लालाई आफ्नो कार्यमा पुनः केन्द्रित हुन सहयोग गर्नेछ ।
टेस्लाले ४ वर्ष अगाडिनै साइबरट्रक सार्वजनिक गरेको थियो । यहि नोभेम्बर अन्तिममा मेक्सीकोमा पहिलो १० वटा साइवरट्रक ग्राहकलाई डेलीभरी गर्ने टेस्लाले योजना बनाएको छ । उक्त डेलिभरी सुरुमा आफ्नै कर्मचारीलाई हुने सम्भावना छ । टेस्लाले सन् २०१७ मा पनि मोडल थ्रीको पहिलो ३० यूनिट डेलिभरी आफ्नै कर्मचारीलाई गरेको थियो ।

