हुन्डाईलको एआई फ्याक्ट्री, नेपाल जस्ता देशमा आँखै अगाडि गाडी बन्ने

Hyundai AI Factory

काठमाडौं । हुन्डाईले अब अर्डर पाएको मात्र ६ घण्टामा गाडी बनाएर डेलिभरी दिन सक्ने भएको छ । हुन्डाईले निर्माण गरेको नयाँ प्रविधिको आर्टिफिसीयल इन्टेलीजेन्स (एआई) ले रोबोर्टहरु प्रयोग गरी संचालन हुने प्लान्ट स्थापना गरेसँगै कार उत्पादनमा नयाँ युगको सुरु भएको हो ।

एकदमै कम मानिसको सहयोगमा अटोमेटेड प्रविधिले गाडी बनाउन सक्षम भएसँगै हुन्डाईको प्लान्ट चर्चामा आएको को हो । हुन्डाईको नयाँ प्रविधिको प्रयोगबाट उत्पादित आयोनीक ५ सिंगापुरमा रहेको इनोभेसन सेन्टरमा पहिलो पटक प्रदर्शनी गरेको छ ।

यस्ता फ्याक्ट्रीको सहयोगमा सहरी क्षेत्रमै फरक–फरक डिजाइनमा ग्राहकको ईच्छा अनुसार गाडी कष्टुमाइज गरेर उत्पादन गर्न सकिन्छ । उक्त फ्याक्टीमा आयोनीक लाउन्जबाट कस्टुमरको एक्सपीरीयन्स शुरु हुनेछ । त्यसपस्चात गाडी उत्पादन गर्नु पहिला ग्राकहले भर्चुअल रियालीटीको मद्दतले इन्टेरियर र एक्सटेरियरको अनुभव गर्न सक्नेछन् ।

त्यसपछि ग्राहकलाई फ्याक्टीको साइटमै रहेको रेस्टुरेन्टमा लगेर खानाको अनुभव गराउँछ । त्यो स्पेशल खाना पनि फ्याक्टीकै साइटमा हुन्डाईले रोबोटिकल्ली मेनटेन गरेको स्मार्ट फार्ममा उत्पादन गरिएको हुनेछ ।

केही समयपछि आफुले छनौट गरेको कारको फ्याक्टीको छतमा टेस्ट ड्राइभ गरेको हेर्न सकिनेछ र अन्त्यमा आफूले छनौट गरी बनाइएको कारको डेलिभरी हुनेछ । डेलिभरी पनि अटोनोमस रोबोर्टबाटै हुन्छ ।

हुन्डाईले यो टेक्नोलोजीको विकाससँगै एआईको दिमागलाई दैनिक अपरेशन र फ्यूचर प्लानीङमा उपयोग गर्न आफुहरु अगाडि बढेको जनाएको छ । हुन्डाईले यो प्रविधिमा सहज उत्पादन गर्ने भएकाले फरक फरक मोडललाई एउटै लाइनमा एकै समयमा राखेर उत्पादन गर्न सकिने छ । अहिले संचालनमा आएको प्लान्ट सिगापूरमा छ । यसमा केबल २९ जना टेक्नीसीयनको सहयोगमा दैनिक ८ घण्टाको सिफ्टमा ७० वटा गाडी उत्पादन गर्न सकिन्छ ।

यो प्रविधिले साना साना कार बजारको लागि निकै उपयोगी हुने हुन्डाई मोटर्सले दावी गरेको छ । नेपालमा आउने हो भने यो प्रविधिको प्लान्ट निकै लाभदाय हुन सक्नेछ ।


Back_to_top