काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा इलेक्ट्रीक कार र पेट्रोलियम पदार्थबाट चल्ने कारको बीच ग्याब बढ्दै गएको देखिन्छ । चार महिनाको अवधिमा २ हजार ७८७ यूनिट ईभी आयात हुँदा पेट्रोलियम पदार्थबाट चल्ने कारको संख्या २ हजार २६७ यूनिट मात्रै छ ।
अहिल्लो वर्ष झण्डै ६० प्रतिशत माथि ईभीको बजार हिस्सा रहेकोमा अहिलेपनि त्यो ग्याव बढ्दै जाने अवस्था आएको देखिन्छ । ईभीको संख्या चीनबाट धेरै आयात भएको देखिन्छ भने पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात भने अधिकांश भारतबाट भएको छ ।
यसअवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थबाट चल्ने कार १ हजारदेखि ५०० सीसी सेग्मेन्टमा आएको छ । यो सेग्मेन्टमा १ हजार २५२ यूनिट गाडी आयात भएको देखिन्छ । त्यसैगरी ६१० यूनिट गाडी १ हजार सीसीभन्दा कम क्षमताका छन् । र, बाँकी १५०० सीसी माथि र हाइब्रिड पनि छन् ।
यस अवधिमा साना ईभीको आयात तिब्र गतिमा बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा आयात भएका २ हजार ७८७ यूनिट मध्ये सबैभन्दा धेरै १ हजार ४८१ यूनिट गाडी ५० देखि १०० किलोवाट क्षमताका छन् ।
त्यसपछि दोस्रो स्थानमा ५० किलोवाटभन्दा कम क्षमताका १ हजार २६७ यूनिट ईभी आयात भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको हो । आयातको आधारमा कोरियालाई पछाडि पार्दै इन्डोनेशिया तेस्रो स्थानमा रहेको छ ।

