‘लाइफ स्टाइल एसयूभी’ ल्याउँदै टाटा, ईभीमा पनि आउने

काठमाडौं । टाटा मोटर्सले सन् २०२० को फेब्रुअरीमा देखाएको सियरा कन्सेप्ट लाइफ स्टाइल एसयूभीको रुपमा बजारमा आउने भएको छ । कम्पनीले सन् २०२५ भित्रै बजारमा ल्याउने तयारी गरेको सियरा निकै यूनिक फिचरको साथ बजारमा आउने छ ।

टाटाले आफ्नो ‘इम्प्याक २.० डिजाइन कन्सेप्ट’मा विकास गरेको सियरा एसयूभीको बडी डिजाइन नै निकै आकर्षक देखिन्छ । सियरा कन्सेप्टमा देखाए अनुसार नै प्रोडक्सन मोडल आउने हो भने बी पील्लर पछाडि ठूलो भागमा ग्लासहरुको प्रयोग गरेको हुनेछ ।

अगाडिबाट हेर्दा झट्ट हेर्दा टाटा पन्चसँग निकै मिल्दो जुल्दो देखिने सियरा कन्सेप्ट टाटाको अफरोड एसयूभी सेग्मेन्टमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ । कम्पनीले यसलाई फोरह्वील ड्राइभ सिस्टमको साथ बजारमा उतार्ने छ ।

इन्टरनल कम्बस्चन इन्जिन र इलेक्ट्रीक दुबै पावर सिस्टममा आउने सियरा एसयूभीले महिन्द्रा थार, फोर्सको गोर्खा, सुजुकी जिम्नी जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

भारतीय बजारमा आक्रमक बजार बिस्तारमा रहेको टाटाले आगामी दुई वर्ष भित्र थुप्रै नयाँ मोडल बजारमा ल्याउने योजना बनाएको छ । कम्पनीले भारतमा बजार बिस्तार पनि निकै द्रुत गतिमा गरिरहेको छ । त्यसैले नयाँ नयाँ मोडल ल्याएर भारतीय बजारमा आफ्नो बजार हिस्सा बढाउन टाटाले ठूलो लगानी गर्दै आएको देखिन्छ ।

लाइफ स्टाइल प्रोडक्टमा टाटाको प्रबेशसँगै आगामी दिनमा यो सेग्मेन्ट पनि निकै प्रतिस्पर्धी हुने देखिन्छ । साथै, महिन्द्रा थार पनि इलेक्ट्रीकमा आउने तयारी भइरहेको कारण यी दुईको प्रतिस्पर्धा निकै रोचक हुनेछ ।


Back_to_top