काठमाडौं । भारतको बैंग्लोर बेस्ड स्टार्टअप इलेक्ट्रीक स्कुटर निर्माता सिम्पल इनर्जीले १ लाखभन्दा कम मूल्यको स्कुटर ल्याउने भएको छ । कम्पनीले सिम्पल वान डट वान स्कुटर डिसेम्बर १५ मा सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले केही समय अगाडि डट वान र सिम्पल डट वान दुवै नाम ट्रेडमार्क दर्ता गराएको थियो ।
कम्पनीले ल्याउने डट वानमा ३.७ किलोवाट आवर क्षमाताको लिथियम आयन ब्याट्री प्याक हुनेछ । यसको आइडीसी रेन्ज १६० किलोमिटर रहने कम्पनीको दाबी छ ।
कम्पनीले यसमा ८.५ किलोवाट पिक पावरको मोटर रहने छ । कम्पनीले स्कुटरको बारेमा धेरै जानकारी बाहिर ल्याएको छैन । यसमा ३० लिटर भन्दा धेरै क्षमताको स्टोरेज रहने छ । यसमा टच स्क्रीन टीएफटी स्क्रीन तथा ब्लुटूथ कनेक्टिभिटी फिचर उपलब्ध हुनेछ ।

