लाइसेन्सको राजश्व अनलाइनबाट मात्रै, बैंकले नलिने

काठमाडौं। नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिने र वर्ग थप गर्न चाहने सेवाग्राहीले अनलाइन मार्फत नै रकम तिर्नु पर्ने भएको छ ।

बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले मंसिर २४ गतेदेखि अनलाइनबाट मात्र राजश्व लिने निर्णय गरेको हो । यसअघि अनलाइनका साथै कार्यालयको बैंक काउन्टरबाट पनि तिर्न पाइन्थ्यो ।

सवारीचालक अनुमति पत्रका लागि बायोमेट्रिक र मेडिकल पश्चात् ५०० रुपैयाँ राजस्व तिर्नुपर्छ। मंसिर २४ गतेदेखि इसेवा, खल्ती र कनेक्ट आइपीएसबाट मात्र राजस्व भुक्तानी गर्न मिल्ने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, नवीकरणका लागि आवेदन दिने र ट्रायल पास गरेको सेवाग्राहीले ७ दिनपछि अनलाइनमार्फत् नै राजस्व भुक्तानी गर्न सक्ने छन्।


Back_to_top