काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका -०४ फलामेटार स्थित तमोर(करिडोर सडक(खण्डमा गुडिरहेको ट्रक भित्ताका ठोक्किएर आगलागी हुँदा चालकको मृत्यु भएको छ ।
जलविद्युत् आयोजनाका सामग्री बोकेर विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र १-०२-००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी हुँदा चालक भोजपुरका ३० वर्षीय विशाल राईको मृत्यु भएको हो ।
ट्रकको अगाडिको भागमा लागेको थियो । चालक राई ट्रकबाट बाहिर निस्किए पनि जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रकका सहचालक जिल्ला तेह्रथुम, म्याङ्लुङ नगरपालिका -०९ निवासी १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल रहेका छन् । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


