५ महिनामा ५० हजार यूनिट बिक्यो नयाँ होन्डा अमेज

होन्डा अल न्यू अमेज ५ महिनामा ५० हजार यूनिट बिक्रि भएको छ । कम्पनीले २०१८ मे मा लन्च गरेको होन्डा अल न्यू अमेज ५ महिनाको अबधिमा यो आँकडा पुरा गरेको हो । सार्वजनिक भएसँगै होन्डा अल न्यू अमेज भारतीय बजारमा सफल रहेको छ । 

होन्डा अल न्यू अमेजले पहिलो पटक कार किन्ने ग्राहकको मन जित्न सफल भएको पाइएको छ ।

एक परिवारको कम्प्याक्ट सेडान कार किन्ने रहरलाइ यो कारले पुरा गरेकाले यो कार भारतीय बजारमा सफल हुन सकेको होन्डा कार लिमिटेडका डाइरेक्टर, सेल्स एन्ड मार्केटिङ माकोटो होन्डाले बताएका छन् । यसमा प्रयोग गरिएको एड्भान्स सीवीटी टेक्नोलोजि ग्राहकले मन पराएको साथै ३० प्रतिशत ग्राहकले अटोमेटिक कार रोजेका छन् ।

अल न्यू प्लेटर्फममो सेकेन्ड जेनेरेशन अमेज कारले भारतीय ग्राहकको चाहानालाइ ध्यान राख्दै निर्माण गरिएको छ । जसमा कम्पनीले कारलाइ बोल्ड डिजाइन दिनुका साथै आर्कषक भित्रि आवरण, उच्च ड्राइभिङ प्रफ्रमेन्स, एड्भान्स फिचर तथा सेफ्टी टेक्नोलोजीको साथ सेडानको अनुभव प्रदान गर्ने छ ।


Back_to_top