काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको चर्चित लाइफ स्टाइल एसयूभी थारको ५ ढोका भएको मोडल बजारमा ल्याउँदैछ । कम्पनीले २०२४ को मध्यसम्म बजारमा ल्याउने एसयूभीको सम्भावित नाम भनेर ७ वटा पेटेन्ट दर्ता गराएको हो ।
मिडियाहरुले प्रकाशित गरेको रिपोर्टका अनुसार कम्पनीले दर्ता गराएको नाममा थार रेक्स, थार रोक्स, थार आर्माडा, थार सेन्चुरीयन, थार ग्लाडीयस, थार सवाना र थार कल्ट रहेका छन् ।
यी मध्ये तपाईलाई कुन मन प¥यो ? तर, कम्पनीले धेरैहदसम्म आफ्नो पुरानो सफल मोडल आर्माडा नाम जोर ल्याउन सक्ने मिडियाहरुले उल्लेख गरेका छन् ।
यसअघि सन् १९९३ देखि २००१ सम्म आर्माडाको उत्पादन भएको थियो । कम्पनीले स्कर्पियो उत्पादन थाल्ने भएसँगै आर्माडाको उत्पादन बन्द गरेको थियो ।
अहिले उपलब्ध थारकै इनिजनमा आउने नयाँ मोडलले पनि १३० बीएचपी पावर र ३०० एनएम टर्क उत्पादन गर्ने छ । साथै, नयाँ थारलाई कम्पनीले पेट्रोल इन्जिनमा पनि ल्याउने बताइन्छ । जुन अहिलेकै थारबाट लिनेछ ।


