पुटिनले गरे विदेशी लगानीको ठूलो कार डिलर सरकारीकरण

काठमाडौं । रसियाले देशको सबैभन्दा ठूलो कार डिलरलाई सिज गरेको छ । त्यहाँको ठूलो कार डिलर ‘रोल्फ’लाई शुक्रबार रसियन सरकारले सरकारी करण गरेको हो ।

रसियन ब्यवसायी सर्गेइ पेट्रोभले स्थापना गरेको रोल्फको स्वामित्व अहिले साइप्रसको फर्मसँग थियो । रसियाले विदेशी लगानीका फर्मलाई सरकारीकरण गर्ने नीति अनुसार लिइएको जनाएको छ ।

रसियाले यूक्रेनमाथि आक्रमण गरेपछि अमेरिकी सरकारको नेतृत्वमा भएको नाकान्दीका कारण रसियाले विदेशी फर्ममाथि धावा बोलेको हो । रसियन सरकारको यो निर्णय अमेरिकाले रसियाको विदेशमा रहेको ६ अर्ब डलर सम्पत्ति मध्ये ३ अर्ब डलर जफत गरेर यूक्रेनलाई सहयोग गर्ने प्रस्ताव बाहिर आएपछि भएको हो ।

यसको मतलब अब रसियाले आफ्नो देशमा रहेको विदेशी कम्पनीहरुको सबै सम्पत्ति विस्तारै जफत गर्ने अनुमान गर्न सकिन्छ । रोल्फ अन्तर्गत रसियामा ३० वटा ब्राण्डहरु थिए । रोल्फको रसियन सहरहरुमा ५९ वटा शोरुम छन् । ती शोरुमको माध्यमबाट सन् २०२२ मा रोल्फले १ लाखभन्दा धेरै कारहरु बिक्री गरेको थियो ।

रसियन सरकारले भने रसियाको आर्थिक अवस्थाले गर्दा केहि समयको लागि मात्रै ‘म्यानेजमेन्ट टेकओभर’ गरेको बताएको छ । यो निर्णयसँगै अब विदेशी कम्पनीले रसियामा सम्पत्ति किन्न आनाकानी गर्ने पक्का भएको छ ।


Back_to_top